खो खो विश्वकप : नेपाली महिला टोलीको लगातार दोश्रो जीत
माघ १, २०८१ मंगलबार
सुर्खेत – मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा एक बिरामीको छिनिएको हात उपचारपछि जोडिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत हाडजोर्नी विशेषज्ञ डाक्टर मंगल रावल, डा. हरिहर देवकोटा, डा. रमेश भट्टराई र सुर्खेत अस्पतालका डा. हरि सापकोटाको टोलीले बिरामी रमेश थारुको छिनिएको दायाँ हात शल्यक्रिया गरेर जोड्नु भएको हो । बारबर्दिया गाउँपालिका–४ बर्दिया गुरुवागाउँ घर भई सुर्खेतमा मिस्त्रीको कामगर्दै आएका २४ वर्षीय थारुको हात शल्यक्रिया गरी जोडिएको डा।रावलले जानकारी दिनुभयो ।
थारुको साउन ३१ गते सुर्खेत एयरपोर्टस्थित घरको काम गर्ने क्रममा छतबाट खसेको टिनको पाताले दायाँ हात छिनिएको थियो । हात छिनिएपछि घटनास्थलमै उनको चार लिटर बढी रगत बगेको र तत्काल माया नर्सिङहोममा प्राथमिक उपचारगरी क्षेत्रीय अस्पतालमा ल्याइएको उहाँले बताउनुभयो ।
‘छिनिएको हात जोडिनु पश्चिम नेपालको यो ठूलो सफल शल्यक्रिया हो’, डा. रावलले भन्नुभयो, यस्तो खाले जटिल शल्यक्रियामा कमै मान्छेको मात्र जीवन बचाउन सकिन्छ । छिनिएको हातबाट शरीरको अधिकतम रगत बगिसकेको र सबै रक्तनली छिनिएकाले चुनौतीका बीचबाट यो शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।
कागजजस्तो सेतो भइसकेका थारुलाई सात पिन्ट रगत दिइएको थियो । डा. हरिहर देवकोटाले बिरामी थारुले रगतसहित तुरुन्तै उपचार पाएर मात्र ज्यान जोगिएको बताउनुभयो ।
बिरामी थारुले गइसकेको जीवन फर्काउने चिकित्सकलाई भगवानका उपमा दिनुभयो । मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले नेपालको पहिलो फिस्टुला अस्पतालका रुपमा परिचित यस अस्पतालको चिकित्सक टोलीले सफलता हासिल गरेको जनाउनुभयो ।
इच्छाशक्ति र टोलीको साझा प्रयासले नसोचेको कुरा पनि हुँदो रहेछ । उहाँले भन्नुभयो, ‘अब कर्णालीका जनताले धेरै ठूलो खर्च गरेर निजी अस्पताल धाउनु पर्दैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।