प्रधानमन्त्री कप महिला क्रिकेटमा कर्णालीमाथि एपीएफको फराकिलो जीत
माघ १, २०८१ मंगलबार
काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान सुरु गरेको छ ।
‘नाइन एन एएल जेट’ कलसाइनको मकालु विमानले आजदेखि बैंकक नियमित उडान सुरु गरेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिनुभयो ।
विदेशी विमानचालक (पाइलट) र नेपाली विमान सहचालक ‘कोपाइलट’ ले मकालु उडाएका हुन् । दुवै वाइड बडीका लागि पाइलटको व्यवस्था भइसकेको तथा थप पाइलट व्यवस्थापनको प्रक्रियामा रहेको महाप्रबन्धक कंसारकारको भनाइ छ ।
निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार मकालुले पुरानै उडान तालिकाअनुसार सातामा तीन दिन बैंकक उडान भर्नेछ । यात्रुको चाप र पाइलटको पूर्णतापछि बैंककमा थप उडान तथा अन्य गन्तव्यमा विस्तार गरिनेछ ।
गएको साउन १० गते काठमाडौं अवतरण गरेको मकालुले साउन ३१ गते नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट वायुयान उडान सञ्चालन अनुमतिपत्र (एओसी) पाएको थियो ।
निगमको पहिलो वाइड बडी ए ३३०–२०० ‘नाइन एन एएलवाई’ कलसाइनको ‘अन्नपूर्ण’ गएको असार १६ गते नेपाल भित्रिएको थियो । अन्नपूर्णले गएको साउन १६ गतेबाट कतारको दोहा व्यावसायिक उडान सुरु गरेको थियो । पहिलो उडान दोहा भए पनि भारतको नयाँदिल्ली मात्र उडेको अन्नपूर्णले साउन ३० देखि बेङ्लोर उडान सुरु गरेको थियो ।
आवश्यक प्रक्रिया पूरा गरेर नयाँ वाइड बडीले दक्षिण कोरिया, जापान, र साउदी अरेबियाको रियादमा सेवा सुरु गर्ने योजना बनाएको छ ।
निगमले हाल भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ ।
एक बोइङ नाइन एसिबी–५७५, एक वाइड बडी ए ३३०–२०० र एयरबस ३२० सिरिजको दुई जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो । निगमले आन्तरिकतर्फ नौ वटा विमानबाट सेवा दिइरहेको छ । यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार वटा, एमए ६० दुई वटा र तीन वटा ट्विनअटर विमान छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।