पानीको फोकाजस्तै भयो यो हप्ताको शेयर बजार

 भदौ ८, २०७५ शुक्रबार १९:२८:११ | ज्याेति दाहाल
unn.prixa.net

काठमाडौं – साउन महिनाको अन्तिम हप्ता निकै चहलपहल देखिएको शेयर बजारमा भदौ महिनाको पहिलो हप्ता भने त्यो चहलपहल कायम रहन सकेन ।

साउने र भदौरे झरीमा उठेको पानीको फोका जस्तै भयो । यस हप्ता कम्पनी बढे पनि रकम, कित्ता, कारोबार संख्या घटेको छ । अघिल्लो साताको तुलनामा नेप्से परिसूचक पनि घटेको छ । कारोबार रकम गएको हप्ता भन्दा १७ दशमलव ८४ प्रतिशतले घटेको छ ।

यसहप्ता र गएको हप्ताको गतिविधि तालिकामा देखाइएको छ 

 

६ करोड ६१ लाख ६० हजार रुपैयाँ र २ लाख १३ हजार कित्ता शेयर कारोबार भएर एनएमबी बैंक रकम र कित्तामा पहिलो भएको छ । ५ सय ७९ कारोबार भएर नेपाल लाइफ इन्सुरेन्स पहिलो भएको छ  । रकमको आधारमा एनएमबी बैंकपछि ग्रामीण विकास लघुवित्त (साविक नेपाल ग्रामीण विकास बैंक), एनएलजी इन्सुरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक (संस्थापक) र ग्लोबल बैंक क्रमश: रहेका छन् ।

धितोपत्र बोर्डले सूचीकरण विनियमावलीमा अनावश्यक हस्तक्षेप गरेपछि नेप्सेले सूचीकरण विनियमावली लागू नगरी रोकिएको सूचीकरण प्रक्रिया शुरु भएको छ । यससघि बोर्डले एक्सचेन्जको अधिकारमाथि हस्तक्षेप हुनेगरी विनियममा सूचीकरण र नवीकरण शुल्क आफैँले तोकेपछि एक्सचेन्जले सूचीकरण विनियम लागू गरेको थिएन ।

सूचीकरण विनियमावली पुनरावलोकन गर्न बोर्ड सहमत भएर पछाडि हटेपछि एक्सचेन्जले साउन ३० गतेदेखि सूचीकरण विनियमावली लागू गरेको छ । सूचीकरण विनियम लागू भएपछि यसहप्ता १२ वटा कम्पनीका शेयर सूचीकरण भएका छन् । सूचीकरण भएका कम्पनी निम्न रहेका छन् :

काबेली विकास बैंकले प्राप्ति गरेको माउण्ट मकालु डेभलपमेन्ट बैंकको शेयर पनि सूचीकरण भएको छ  । 

सूचकको उतारचढाव :

साताभरको नेप्से सूचक र नेप्से सूचकलाई प्रभाव पार्ने समूहको उतारचढाब निम्नबमोजिम रहेको छ :


पहिलो दिन आइतबार बजार बन्द हुँदा १४ अंकले घटेर ११ सय ९६ बिन्दुमा आइपुगेको सूचक दोस्रो दिन पनि घट्ने क्रम निरन्तर जारी रह्यो । अन्तिम दिन बिहीबार बजार बन्द हुँदा १७ दशमलव ७९ अंकले घटेर ११ सय ७८ दशमलव ५ अंकमा पुगेर पुगेको छ । अघिल्लो हप्ताको तुलनामा ३१ दशमलव ८२ अंकले घटेको छ । 
समूहगत परिसूचकमा वाणिज्य बैंक समूहको परिसूचक पहिलो दिनदेखि नै घट्ने क्रम शुरु भएर अन्तिम दिनसम्म कायम रह्यो । अघिल्लो हप्ताको तुलनामा २७ दशमलव १ अंकले घटेको छ । नेपाल टेलिकम सूचीकृत अन्य समूह पहिलो दिनको तुलनामा शून्य दशमलब ३३ र अघिल्लो साताको तुलनामा २६ दशमलब शून्य ४ अंकले घटेर बन्द भएको छ । 

यस हप्ता शेयर कारोबार ५ दिन पूरै खुलेको थियो । सरकारले लाभकर गणना विधिको निर्णय गर्न अझैसम्म सकेको छैन । यसको अन्योल कहिलेसम्म कायम रहने हो भन्न सकिने अवस्था रहेको छैन । 

चालु हकप्रदसम्बन्धी विवरण 

लाभांश घोषणा 

आर्थिक वर्ष समाप्तिसँगै लाभांश घोषणा हुने क्रम समेत सुरु भएको छ । घोषित लाभांशमध्ये सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको बुक क्लोज समेत भइसकेको छ । म्युचुअल फण्डले साधारणसभा गर्नु नपर्ने हुँदा बुक क्लोज गरेपछि कुनै पनि दिन घोषित लाभांश वितरण शुरु गर्न सक्छन् ।


अन्य घोषित लाभांश नियमक हुनेको हकमा नियकमबाट स्वीकृति र साधारणसभाले पारित गरेपछि मात्र वितरण हुन्छ । नियमन नहुनेको हकमा भने साधारणसभाले पारित गरे पुग्छ । नगद लाभांश हितग्राही खाता खोल्दा डिपीलाई उपलब्ध गराएको बैंक खातामा उपलब्ध हुने गर्छ । अहिलेसम्म घोषित लाभांश विवरण तालिकामा उल्लेख गरिएको छ । कर प्रयोजनार्थ भन्नाले बोनस शेयरमा लाग्ने कर रकम भन्ने बुझिन्छ । 

मनोनयन र नियुक्ति 

नबिल बैंकमा संस्थापक समूहबाट संचालक रहेका आशिष शर्माको सट्टा मलय मुखर्र्जीलाई मनोनित गरेको छ । कालिका लघुवित्तले शिवराम जोशीलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । 

साधारण तथा विशेष सभा 

कम्पनीहरुले साधारण सभा समेत सुरु गर्न थालेका छन् । विशेष प्रस्ताव पारित गर्न विशेष सभा समेत बोलाएका छन् ।

अन्य गतिविधि 

प्राइम कमर्शियल बैंकले राष्ट्रियस्तरको ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सहमति गरेको छ । आगामी ३ महिनाभित्र प्राप्ति गर्ने सहमतिमा उल्लेख गरिएको छ । यसघि प्राइम बैंकले विराटनगरमा रहको विराटलक्ष्मी विकास बैंक र बनेपामा रहको कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्ति गरिसकेको छ ।

ओमलाई प्राप्ति गरेपछि प्राइमको पूँजी १० अर्ब ५० करोड भन्दा बढी हुनेछ । पूर्वको बैंकलाई प्राप्ति गरी आफ्नो उपस्थिति पूर्वमा सशक्त बनाएको प्राइमल अब पश्चिमतर्फ आफ्नो उपस्थिति बलियो बनाउन ओमलाई प्राप्ति गर्न लागेको अनुमान गर्न सकिन्छ । ओम बैंक साविकका ओम फाइनान्स, सिटी डेभलपमेन्ट बैंक र गोरखामा रहेको मनासलु विकास बैंक गाभिएर बनेको हो । 

बलियो विकास बैंकको सूचीमा रहेको ओम बैंकको प्राइममा हुन लागेको विलयले औसत स्तरका अन्य बैंकलाई समेत टिक्न मुश्किल परेको वा पर्न सक्ने अनुमान गर्न सकिन्छ र फेरि एकपटक मर्ज र एक्विजिसनको लहर चल्न सक्ने सम्भावनालाई नकार्न सकिन्न ।

भर्खर सूचीकरण भएको नाडेप लघुवित्तले शतप्रतिशत हकप्रद जारी गर्ने सम्बन्धि प्रस्ताव भदौ ७ गते सम्पन्न साधारणसभाले पारित गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया