नेपालमा पहिलो पटक स्काई वाक टावर निर्माण गरिने

 भदौ ९, २०७५ शनिबार १४:३९:१० | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाडौं – नेपालमा पहिलो पटक स्काई वाक टावर (आकाश मार्गमा हिँड्ने टावर) निर्माण गरिने भएको छ । 

वण्डर नेपाल प्राइभेट लिमिटेड नामक संस्थाले शनिबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । 

काठमाडौंको कमलादीमा झण्डै रु दुई करोडको लगानीमा आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको र त्यसका लागि १३.२ रोपनी जग्गा भाडामा लिइसकेको संस्थाले जनाएको छ । 

दुईवटा अग्ला पहाड वा भवनलाई सिसाको माध्यमबाट जोडने पुललाई स्काइ वाक टावर भनिन्छ । यो पुल सिसाबाट बनाइएको हुन्छ र यसमा मानिस हिँड्डा निक्कै आनन्दको अनुभूति हुन्छ । 

वण्डर नेपाल प्राइभेट लिमिटेडका अध्यक्ष आकर्षण पोखरेलले चीन, क्यानडा, अमेरिका जस्ता मुलुकमा रहेको यस्तो स्काइ वाक टावर नेपालमा पहिलो पटक निर्माण गर्ने प्रयास गरेको बताउनुभयो । यसबाट पर्यटकको आकर्षण बढ्ने उहाँको भनाइ छ । 

उहाँले बितेको तीन वर्षदेखि नेपालको विभिन्न १० ठाउँमा स्काई वाकको निर्माण तथा सम्भाव्यताबारे अध्ययन तथा अनुसन्धान गर्दै आएको जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया