चितवनमा बस र माइक्रो बस ठोक्किँदा पाँच जनाको ज्यान गयो, तीन ...
कात्तिक २३, २०८१ शुक्रबार
१८औं एशियाड अन्तर्गत प्याराग्लाइडिङको टिम क्रसकन्ट्री विधाको स्पर्धा शनिबारदेखि सुरु भएको छ ।
पहिलो चरणको खेल सकिँदा नेपाली पुरुष टोली तेस्रो स्थानमा छ । नेपालले पदकको आशा गरेको यस स्पर्धामा नेपालभन्दा अघि दक्षिण कोरिया र इण्डोनेसिया छन् ।
यता महिलातर्फ नेपाल चौथो स्थानमा छ । नेपालभन्दा अघि दक्षिण कोरिया, जापान र इण्डोनेसिया छन् । दुवै स्पर्धामा १० मुलुकका टोलीहरुको सहभागिता छ ।
यसअघि एक्यूरेसी बिधामा भने नेपालको प्रदर्शन राम्रो रहेन ।
सेपाकताक्रोमा नेपालले शनिबार दोहोरो पराजय व्यहोरेको छ । पुरुष रेगीको समूह बीमा मलेसियासँग २–० ले पराजित भएको नेपाल दक्षिण कोरियासँग पनि २–० ले नै पराजित भयो ।
यता ब्याडमिण्टनको पुरुष डवलमा नेपालका नवीन श्रेष्ठ र बिकास श्रेष्ठको जोडी मलेसियाका सेम घोस र टान वी कोङको जाडीसँग २–० को सोझो सेटमा पराजित भयो ।
स्पोर्टस क्लाइम्बिङको पुरुष कम्बाइण्डतर्फ नेपालका पेम्बा शेर्पा र प्रनिलमान श्रेष्ठ पुछारबाट क्रमसः तेस्रो र दोस्रो स्थानमा रहे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।