फ्रेन्च ओपन टेनिसमा सेरेनाले कालो कपडा लगाउन नपाउने

 भदौ ९, २०७५ शनिबार १८:१५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फ्रेन्च ओपनले सेरेना विलियम्सलाई कालो कपडा लगाउन प्रतिबन्ध गरेको छ ।

फ्रेन्च ओपनका आयोजकले नयाँ नियम लागू गरेपछि सेरेना अर्को वर्षको फेन्च ओपनको ग्राण्डस्लामका बेला टेनिस कोर्टमा कालो कपडा लगाउन नपाउने भएकी हुन् । फ्रान्स टेनिस महासंघका अध्यक्ष बर्नाड गियुडिसेलीले सेरेनाको पछिल्लो ड्रेसबारे प्रतिक्रिया दिँदै आउँदो वर्षदेखि कालो ड्रेस मान्य नहुने बताएका थिए । उनले भने, ‘खेल भावना अनुसार सेरेनाले सम्मान गरेकी छैनन् ।’

फ्रेन्च ओपनको पनि केही नयाँ नियम बनाएको बताउँदै अध्यक्ष बर्नाड गियुडिसेलीले उक्त नियम विम्बल्डन भन्दा कडा भने नभएको बताए । आउँदो वर्षको प्रतियोगिताका लागि खेलाडीको ड्रेस तयार भइसकेको अवस्थामा परिवर्तन गर्न उत्पादक कम्पनीसँग पनि कुरा गर्ने उनको भनाई थियो ।

फ्रेन्च ओपनमा महिला खेलाडीले लेगिङ्स बाहिर स्कर्ट लगाउनुपर्ने नियम छ । तर सेरेनाले यस्तो नगरी ब्लायक पेन्थर लगाएकी थिइन् । उनले हलिउड फिल्म ब्लायक पेन्थरबाट प्रेरित भएर यस्तो कपडा लगाएको बताइन् । उक्त पोशाक नाइकी कम्पनीले तयार पारेको हो ।

सन् २०१७ पछि पहिलो पटक फ्रेन्च ग्रान्डस्लाम खेल्न टेनिस कोर्टमा आएकी सेरेना चोटका कारण प्री–क्वार्टरफाइनलबाटै आउट भएकी थिइन् ।

२३ पटककी ग्राण्स्लाम विजेता सेरेनाले जम्मा तीन पटक फ्रेन्च ओपन जितेकी छन् ।

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया