चितवनमा बस र माइक्रो बस ठोक्किँदा पाँच जनाको ज्यान गयो, तीन ...
कात्तिक २३, २०८१ शुक्रबार
१८औं एसियाली खेलकुद अन्तर्गत कातातर्फ पदक जित्न असफल रहेको नेपाली करातेले स्पाइरिङतर्फ पनि कमजोर सुरुआत गरेको छ ।
महिलाको ६८ केजीमाथि तौलसमूहमा रीता कार्कीका लागि काश्य जित्ने सुनौलो अवसर थियो । तर, काश्य पदकका लागि भएको स्पर्धामा रिता चुकिन् । उनी पाकिस्तानकी नर्गिससँग ३–१ अंकका आधारमा पराजित भइन् । यसअघि उनी क्वार्टरफाइनलमा चीनकी गाओ मेङमेङसँग पराजित भएकी थिइन् । तर, मेङमेङ फाइनलमा पुगेका कारण रीताले काश्यका लागि प्रतिस्पर्धा गर्न पाएकी हुन् ।
यसअघि कातातर्फ चञ्चला दनुवार पनि काश्यका लागि भएको स्पर्धामा थाइ खेलाडीसँग पराजित भएकी थिइन् भने पुरुषतर्फ पर्शुराम बास्तोला पनि पहिलो चरणमै पराजित भएका थिए ।
१८औं एसियाली खेलकुद अन्तर्गत पदकको आशा गरिएको बक्सिङमा पनि नेपालको कमजोर सुरुआत भएको छ ।
महिला लाइट ६० केजी तौलसमूहमा नेपाली खेलाडी पुनम रावल प्रिक्वार्टरफाइनलमा चीनकी याङ वेङलुसँग ५–० अंकका आधारमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइन् ।
यता पुरुषतर्फ पनि तेजबहादुर देउवा पहिलो चरणको खेलमा लाओसका खामसाथोनसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए ।
प्रतियोगितामा आइतबार तीन स्पर्धामा नेपालको सहभागिता रहनेछ । महिलाको फ्लाइ ५१ केजी तौलसमूहमा बिमला श्रेष्ठले मंगोलियाकी ओचिर्वात जर्गालान, पुरुष फ्लाइ ५२ केजी तौलसमूहमा प्रेम चौधरीले फिलिपिन्सका रोगेन ल्याडन र पुरुष वेल्टर ६९ केजी तौलसमूहमा बिष्णुप्रसाद घलेले कतारका थुलासीमारानसँग प्रतिस्पर्धा गर्नेछन् ।
बक्सिङमा पाँच पुरुष र तीन महिला गरी ८ स्पर्धामा नेपालले सहभागिता जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।