जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – शेयर बजार काराेबार मापक नेप्से परिसूचक बुधवार (आज) साढे १३ अङ्कले घटेको छ । नेप्से १३ दशमलव ५६ अङ्कले घटेर २ हजार ९ सय ४६ दशमलव ५८ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
आज व्यापार, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, जीवन बीमा र म्युचल फन्ड समूहबाहेक अरू समूहको परिसूचक घटेका छन् । विकास बैंक समूहको परिसूचक दुई सय ११ दशमलव ८८ अङ्कले, माइक्राेफाइनान्सकाे परिसूचक १८ दशमलव ६५ र हाइड्राेपावरकाे परिसूचक १५ दशमलव ९१ अङ्कले घटेकाे छ । आज उत्पादनमूलक समूहको परिसूचक भने सबैभन्दा धेरै दुई सय ३७ दशमलव ४६ अङ्कले बढेको छ ।
आन दुई सय २१ कम्पनीका १६ अर्ब ९९ करोड ७० लाख रुपैयाँ बराबरकाे तीन करोड १३ लाख कित्ता शेयर किनबेच भएका छन् । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सबैभन्दा धेरै ८७ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ६१ करोड ८० लाख रुपैयाँ बराबरकाे शेयर कारोबार भएको छ ।
आज युनाइटेड मर्दीको शेयर मूल्य झन्डै १० प्रतिशतले घटेकाे छ । नेपाल इन्स्योरेन्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, रिद्धि हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, वरुण हाइड्रोपावर कम्पनी लिमिटेड, पोखरा फाइनान्स लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य भने साढे नाै प्रतिशतभन्दा धेरैले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।