प्रदेश २ : मुख्यमन्त्रीले ससर्त अनुदान सच्याउने प्रतिबद्धता जनाएपछि प्रदेश सभा बैठक सुरु

 जेठ २६, २०७८ बुधबार १९:४५:५७ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले ससर्त अनुदान सच्याउने प्रतिबद्धता जनाएपछि प्रदेश सभा बैठक सुरु भएको छ । बुधवार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले पालिकालाई पठाएको ससर्त अनुदान सच्चाउने प्रतिबद्धता जनाएपछि बैठक सुरु भएको हो ।

पालिकालाई प्रदेश सरकारले पठाउने ससर्त अनुदानको विषयमा समिति बनाएर योजना छनोट गर्न सरकारले कार्यविधि बनाएर सांसदहरूबाट आएका योजना समावेश गर्ने प्रयास भए पनि भुलवश छुट्न गएको मुख्यमन्त्री राउतले स्वीकार गर्नुभयो ।

मुख्यमन्त्री राउतले जवाफ दिएपछि प्रदेश सभा बैठकमा विनियोजन विधेयक २०७८ को सिद्धान्त, उद्देश्य, प्राथमिकता तथा प्रमुख नीति सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल सुरु भएको थियो । त्यस्तै विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले दिनुभएको थियो ।

यसअघि मङ्गलवारको प्रदेश सभा बैठकमा विपक्षी दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले पालिकालाई पठाएको ससर्त अनुदान सांसदहरूसँग सल्लाह नै नगरि पठाएको भन्दै बैठकमा विराेध गरेका थिए ।  

भाेलि (बिहीवार) प्रदेश प्रमुख डा. राजेश झा अहिराजले प्रदेशसभामार्फत बजेटकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालय स्रोतले जनाएको छ । 

प्रदेश २ सरकारको आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम भोलि दिउँसो ३ बजेको समयमा प्रदेश प्रमुख झाले प्रदेश सभामार्फत प्रस्तुत गर्नुहुने कार्यतालिका रहेको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया