नेपाली कांग्रेस प्रदेश-२ सरकारमा सहभागी, तीन जना मन्त्रीले  लिए शपथ

 जेठ २७, २०७८ बिहिबार ७:३३:४९ | धनवीर महतो
unn.prixa.net

महाेत्तरी - नेपाली कांग्रेस प्रदेश-२ सरकारमा सहभागी भएको छ । हिजो मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार, यातायात, ओमप्रकाश शर्मा ऊर्जा विकास तथा खानेपानी र वीरेन्द्र सिंह महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री बन्नुभएको छ ।

कांग्रेसलाई सरकारमा सहभागी गराउनकै लागि सात वटा मन्त्रालय फुटाएर ११ वटा पुर्याइएको छ । मन्त्रालयको भागबन्डा नमिल्दा नेकपा माओवादी केन्द्र भने सरकारमा सहभागी भएन । केन्द्रमा जनता समाजवादी पार्टी विभाजन नजिकै पुगेको असर प्रदेश सभामा पनि देखिएको छ ।

केन्द्रमा अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा गएको छ, त्यसको विरोधमा अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले प्रदेश-२ मा ठाकुर पक्षका मन्त्री हटाएर कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेको हो ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया