प्रधानमन्त्री कप महिला क्रिकेटमा कर्णालीमाथि एपीएफको फराकिलो जीत
माघ १, २०८१ मंगलबार
काठमाडौं – दुई नेपाली खेलाडी १८ औँ एसियाली खेलकुदअन्तर्गत एथलेटिक्स प्रतियोगितामा प्रतिस्पार्धा गर्नबाट बञ्चित भएका छन् ।
इण्डोनेसियामा जारी १८ औँ एसियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट बञ्चित भएका हुन् । नेपाली खेल पदाधिकारीले समयमै नेपाली खेलाडीको नाम दर्ता भएको वा नभएको बारे ध्यान नदिँदा उनीहरु खेल्नबाट बञ्चित भएका हुन् । महिला १० हजार मिटरतर्फ विश्वरुपा बुढा र पुरुष ४ सय मिटरतर्फ सोमबहादुर कुमाल प्रतिस्पर्धा गर्नबाट बञ्चित भएका हुन् ।
यसअघि एसियाली खेलकुदमा विश्वरुपाले १० हजार मिटर र पाँच हजार मिटरमा तथा सोमबहादुरले चार सय मिटर र आठ सय मिटरमा प्रतिस्पर्धा गर्ने भाग लिने नेपाल एथ्लेटिक्स सङ्घले जनाएको थियो । दुवैले एक/एक विधामा प्रतिस्पर्धा गर्न भने बाँकी छ ।
एथ्लेटिक्सकी व्यवस्थापक शान्ति सिंहले विश्वरुपालाई रङ्गशालाभित्र पठाए पनि भाग लिन नपाएको बताउनुभयो । यसअघि शनिबार सोमबहादुर कुमाल चार सय मिटर दौडमा भाग लिनबाट वञ्चित भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।