चितवनमा बस र माइक्रो बस ठोक्किँदा पाँच जनाको ज्यान गयो, तीन ...
कात्तिक २३, २०८१ शुक्रबार
इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मालिक रोमन अब्रामोभिचले क्लब बेच्ने मनसाय व्यक्त गरेका छन् ।
क्लब विक्रि गर्नका लागि उनले न्यू योर्क बैंक रेने ग्रुपलाई जिम्मासमेत दिएको द सन्डे टाइम्सले जनाएको छ ।
बैंकले क्लबको मूल्य दुई अर्ब पाउण्ड तोकेको बुझिएको छ । त्यससँगै चेल्सीले आफ्ना सल्लाहकारहरुलाईसमेत परिचालन गरेको छ ।
बैंकले दुई वर्षअघि चीनको मिडिया शेयर बजारमा म्यान्चेष्टर सिटीको १३ प्रतिशत शेयर २६ करोडमा बिक्रि गरेको थियो ।
तर चेल्सी नयाँ मालिकको खोजीमा रहेको वा शेयर बेच्न खोजेको हो भन्ने स्पष्ट छैन । रुसी व्यापारी रोमन अब्रामोभिचले सन् २०१३ मा १४ करोड पाउण्डमा क्लब किनेका थिए ।
गत मेमा राजनीतिक प्रतिबन्धका कारण अब्रामोभिचलाई स्ट्याम्फर्ड ब्रिजको विस्तार गर्न बेलायत सरकारले अस्वीकार गरेको थियो ।
पछिल्लो समय चेल्सीको प्रदर्शन खराब रहँदै आएको छ । पछिल्लो तीन सिजनमा चेल्सी दुई पटक च्याम्पियन्स लिगमा स्थान बनाउन असफल भएको छ ।
अब्रामोभिचले क्लब लिएपछि प्रिमियर लिगमा दबदबा कायम गरेको चेल्सीको राजलाई पछिल्लो समयमा म्यान्चेष्टर सिटीले तोडेको छ ।
म्यान्चेष्टर सिटीका मालिक शेख मन्सुरका भाई शेख खालेद विन जायदले लिभरपुल किन्नका लागि प्रस्ताव राखेका थिए । उनले राखेको दुई अर्वको प्रस्तावलाई लिभरपुलले क्लब बिक्रीका लागि नभएको भन्दै अस्वीकार गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।