विश्वकर्मालाई २४ घण्टाभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश

 भदौ १०, २०७५ आइतबार १९:२७:७ | रासस

काठमाडौं – सर्वोच्च अदालतले नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराउन सरकारका नाममा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । 

न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराई महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई आदेश दिएको अदालतका सहप्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिनुभयो । 

विश्वकर्माका भाइ वीरेन्द्रले शुक्रबार दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आइतबार सुनुवाइ गरी आदेश दिइएको हो । यससँगै अदालतले तीन पटक सरकारका नाममा आदेश दिएको छ ।

आदेश दिइएपछि पक्राउ परेका विश्वकर्मालाई छाड्ने र पुनःप्रहरीले पक्राउ गर्ने गरेको छ । सरकारले चन्दा उठाएको र स्काभेटर जलाएको आरोपमा विश्वकर्मालाई पक्राउ गरेको थियो । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया