महाकाली नदीले खतराकाे तह पार गर्‍याे, किनार र तटीय क्षेत्रका नागरिकलाई सर्तक रहन प्रशासनको आग्रह

 असार ४, २०७८ शुक्रबार १४:२८:४८ | जयराज अवस्थी
unn.prixa.net

फाइल फाेटाे

बैतडी – लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । महाकाली नदीमा पानीले खतराकाे तह पार गरेपछि तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । 

शुक्रवार बिहान महाकाली नदीमा पानीले खतराको तह पार गरेको सूचना प्राप्त भएकाले नदी किनारका नागरिकलाई सतर्क रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । दार्चुलाको दत्तुमा राखिएको जल मापन केन्द्रमा पनि जल सतहले खतराको तह पार गरेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको उहाँले बताउनुभयो । 

बैतडीकाे दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका महाकाली नदी किनारका नागरिकहरूलाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया