‘फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन’

 असार १०, २०७८ बिहीबार १३:२१:३९ | रासस
unn.prixa.net

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) नेपालले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिशिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ । 

पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिशिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने गलत समाचारप्रति डब्ल्यूएचओ ध्यानाकर्षण गराउन चाहन्छ, डब्ल्यूएचओले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, डब्ल्यूएचओले यस किसिमको कुनै पनि बयान जारी गरेको छैन र यो झुटो आरोप हो । यस किसिमका गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्छ ।

डब्लुएचओले दुई भिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताका बारे सीमित तथ्याङ्क मात्र उपलब्ध भएको जनाएको छ । विज्ञप्तिमा भिन्न किसिमका खोपको प्रयोग र प्रभावकारिताका विषयमा अध्ययनहरू भइरहेको र एस्ट्राजेनेका (कोभिशिल्ड) खोपको साटो (दोस्रो मात्रामा) भेरोसेल खोप लगाउन मिल्छ भन्ने निष्कर्षमा पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक रहेको जनाइएको छ । 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया