सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
कैलाली – सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा सदस्यहरूबीच घोचपेच भएको छ । बैठकको विशेष समयमा नेकपा (एमाले) का लीलाधर भट्टले आफ्नै संसदीय दलले आफूहरूलाई बजेट अधिवेशनमा बोल्न नदिएको भन्दै गणतन्त्रका नाममा जथाभाबी राज्य गर्ने, पार्टी र सत्तालाई दुरुपयोग गरेर राज्य दोहन गर्ने, पार्टी निर्णय उल्लङ्घन गर्ने र सदनलाई व्यक्तिको बन्धक बनाउने कार्यप्रति नागरिकले क्षमा नदिने जिकिर गर्नुभयो ।
एक हप्ता पर्खिँदासम्म पनि बजेट अधिवेशनमा बोल्न नपाउने अवस्था संसदीय दलबाट सिर्जना गरिएपछि सभामुखसँग गरिएको लिखित आग्रहमा विशेष समयमा बोल्ने अवसर पाइएको भन्दै उहाँले भन्नुभयो, ‘एमाले सांसदलाई बोल्न नदिने चेष्टा गरिएको छ, यो दिन एमाले संसदीय दलको इतिहासमा हामीले विषेश रूपमा हेरेका छौँ ।’
उहाँले बोलेपछि सुरु भएको बजेटमाथिको छलफलमा एमालेकै प्रदेश सभा सदस्य हर्कबहादुर कुवँरले भट्टको भनाइतर्फ इङ्गित गर्दै एमाले संसदीय दलको निर्णयअनुसार चल्न आग्रह गर्नुभयो । कुवँरले बोलिरहँदा सभामुख अर्जुनबहादुर थापाले विषयमा केन्द्रित हुन ‘रुलिङ’ गर्नुभयो ।
एमाले स्थायी कमिटी बैठकले नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरेको थियो तर प्रदेश सभाको एमाले संसदीय दलले स्थायी कमिटीकाे निर्णय विपरीत माओवादी केन्द्रलाई दिएको समर्थन यथावत् राख्ने निर्णय गरेको थियो ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले प्रदेश सभा नियमावली अनुसार सुदूरपश्चिम प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश टेबुल गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।