सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै– राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ । सरकारको निर्णयअनुरूप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइडबडी ए–३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडलले चीनबाट खोप ल्याउनका लागि वाइडबडी जहाज बेइजिङ पठाउने तयारी गरिएको बताउनुभयो । खोप लिएर निगमको जहाज भोलिपल्ट काठमाण्डाै फर्किनेछ ।
महाप्रबन्धक पौडेलले भन्नुभयो, ‘चीनबाट खोप ल्याउन निगमलाई सरकारको निर्देशन भएबमोजिम तयारी गरिएको छ, खोपको मात्रा तथा त्याे खोप अनुदानको हो या खरिदको भन्ने अहिले खुलिसकेको छैन । हामीले आफ्नो तयारी थालिसकेका छौँ ।’
पहिलो उडानमा १० लाख मात्रा खोप ल्याउने गरी तयारीमा रहन निगमलाई निर्देशन दिइएको बताइएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।