जापानको कार उत्पादक कम्पनी निसानले नौ हजार रोजगारी कटौती गर्ने
कात्तिक २३, २०८१ शुक्रबार
इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।
लिगमा म्यानचेस्टर युनाईटेडले लगातार दोस्रो हार ब्यहोरेको छ । नयाँ सिजनको पहिले खेलमा जित हात पारेको म्यान्यूले दोस्रो खेलमा ब्राइटनसँग पराजित भएको थियो ।
साेमबार राति भएको तेस्रो चरणको खेलमा नै युनाईटेड टोटनह्यामसँग तीन शून्यले पराजित भएपछि लिग तालिकामा १३औ स्थानमा पुगेको छ ।
यो सिजनको सुरुवात देखि नै राम्रो लयमा नदेखिएको युनाईटेड साेमबार राति टोटनह्यामसँग पराजित हुँदा प्रशिक्षक जोजे मोउरिन्होको आलोचना झन बढेको छ । स्टार खेलाडीले भरिएको युनाईटेड विरुद्ध टोटनह्यामले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो ।
तर दुई मिनेट भित्र दुई गोल गर्दै टोटनह्यामले युनाईटेडलाई स्तब्ध बनायो । ५० औं मिनेटमा ह्यारी केनले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ५२ औं मिनेटमा लुकास मोउराले टोटनह्यामको अन्तर दुई शून्यमा पुर्याए ।
दुई गोलले पछि परेको युनाईटेड विरुद्ध ८४ औं मिनेटमा टोटनह्यामले अर्को गोल थप्यो । यसपटक ह्यारी केनको पासमा लुकासले नै गोल गर्न सफल भए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।