जुम्लामा रैथाने बाली संरक्षण गर्न सात पकेट क्षेत्र निर्धारण

 असार २५, २०७८ शुक्रबार १२:४५:३१ | रासस
unn.prixa.net

जुम्ला - जुम्लाको पातारासी गाउँपालिकाले रैथाने बालीको संरक्षणका लागि सात वटा पकेट क्षेत्र निर्धारण गरेको छ । एक गाउँ, एक उत्पादनलाई प्रोत्साहन दिन, चक्लाबन्दी खेतीलाई जोड दिन तथा सामूहिक खेती र कृषिलाई व्यावसायिक बनाउन गाउँपालिकाभित्र सातवटा पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताउनुभयो । 

स्थानीय उत्पादनलाई जोड दिँदै बाँझो जग्गामा पूर्ण खेती गर्ने र बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले पकेट क्षेत्र निर्धारण गरिएको उहाँले बताउनुभयो । फापर क्षेत्र, ओखर पकेट क्षेत्र, आलु पकेट क्षेत्र र तरकारी पकेट क्षेत्रसहित सातवटा पकेट क्षेत्रमा निर्धारण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो । गाउँपालिको सात वटै वडामा पकेट क्षेत्रमा पाँच हेक्टर जग्गा रहेको छ । 

फापर खेतीमा  सात लाख ७० हजार, सिमीमा  पाँच लाख ८५ हजार, कालीमार्सी धानका लागि  ४८ लाख पाँच हजार, कागुनो चिनो पकेट क्षेत्रमा  ४८ लाख पाँच हजार, ओखरखेतीमा  पाँच लाख ८५ हजार र आलु पकेट क्षेत्रतिर ४८ लाख पाँच हजार रुपैयाँ बजेट छुट्याइएको उपाध्यक्ष पुन्नकली महताराले बताउनुभयो । यस्तै, पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लासँग सहकार्य गरी पातारासी–७ पट्मारामा भेडा पालन गरिएको छ । 

गाउँपालिकाले प्रत्येक वडामा सुहाउँदो बालीको पकेट क्षेत्र तोकेर उत्पादन बढाउने र बाँझो जग्गाको उपयोग गरी रोजगारी सिर्जना गर्ने चिनो कागुनो पकेट क्षेत्रका महादेव कृषि उत्पादन समूहका सचिव रेविका सुनारले बताउनुभयो । 

पकेट क्षेत्रको निर्धारणले त्यहाँको कृषि बालीको प्रवर्द्धन हुने विश्वास गरिएको छ । अहिले गाउँपालिकाले पनि स्थानीय उत्पादनबाट बनेको परिकार नै खाजा, नास्ताका रूपमा प्रयोग गर्न थालेपछि किसानमा पनि उत्साह थपिएको छ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया