बढी भाडा लिने ७७ सार्वजनिक गाडी कारबाहीमा

 साउन ४, २०७८ सोमबार ९:४२:५६ | रासस
unn.prixa.net

काठमाण्डाै - सार्वजनिक गाडीमा तोकेभन्दा बढी भाडा लिने ७७ गाडीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

गाडी व्यवस्था विभागले अन्तर प्रदेश चल्ने गाडीमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाण्डाै उपत्यकालगायत प्रदेशभित्र चल्ने गाडीमा समेत मनपरि भाडा लिन थालेपछि ट्राफिक प्रहरी अनुगमन गरी कारबाही गर्न सक्रिय भएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले जानकारी दिनुभयो । 

महाशाखाले शुक्रवारदेखि शनिवार बिहानसम्म बढी भाडा लिने १६० गाडीलाई कारबाही गरेको थियो । शनिवारदेखि आइतवार दिउँसो ४ बजेसम्म बढी भाडा लिने ७७ गाडीलाई कारबाही गरिएको हो । बढी भाडा लिने गाडीका बारेमा ट्राफिक प्रहरीको निःशुल्क नं १०३ मा फोन गरेर सूचना दिन महाशाखाले आह्वान गरेको छ । बढी भाडा लिने गाडीलाई ५०० रुपैयाँदेखि एक हजार ५०० सम्म कारबाही भइरहेको छ ।

एउटै गाडीले पटक-पटक बढी भाडा लिएको पाइएमा पाँच हजार रुपैयाँ जरिवानासहित गाडी ‘सिज’ गर्नेसम्मका कारबाही गरिने तयारी भएको प्रवक्ता शर्मा दासले बताउनुभयो । शुक्रवार कारबाही गरिएपछि शनिवारदेखि बढी भाडा लिने क्रम घट्दै गएको महाशाखाले जनाएको छ ।
 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया