सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – मध्यम र छोटो दुरीका गाडीकाे भाडा बढाउनुपर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
चक्रपथका विभिन्न ठाउँमा जम्मा भएर उनीहरूले सङ्घीय सरकारले लामो दुरीको गाडीकाे भाडा बढाएकाले छोटो र मध्यम दुरीका गाडीमा पनि भाडा बढाउन माग गरेका हुन् । व्यवसायीहरूले सबै यातायात मजदुरलाई कोभिडविरुद्धको खोप लगाउनुपर्ने पनि माग गरेका छन् ।
यातायात व्यवसायीले सङ्घीय सरकारले भाडा समायोजन गरेकै आधारमा प्रदेश र पालिकाले पनि समायोजन गर्नुपर्नेमा जोड दिएका छन् । यातायात व्यवस्था विभागले गएकाे असार ३० गते दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने यात्रुवाहक सवारी साधनमा २८ प्रतिशत, तराईमा चल्ने सवारी साधनमा २० प्रतिशत र पहाडमा चल्ने मालवाहक सवारी साधनमा २६ प्रतिशतसम्म भाडा बढाएको थियो ।
गाडीसहित निकालेको र्यालीले काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । यात्रु र बिरामीसमेत मर्कामा परेका छन् ।
विसं २०६५ मा पेट्रोलियम पदार्थ, सवारी साधन र त्यसको पार्टपुर्जाका आधारमा सार्वजनिक सवारी साधनको भाडा निर्धारणसहित मापदण्ड तय गरिएको थियो । त्याे मापदण्डअनुसार पेट्रोलियम पदार्थको मूल्यलाई ३५ प्रतिशत र पार्टपुर्जालाई ६५ प्रतिशत आधार बनाइएको थियो । त्यही आधारमा वार्षिक रूपमा भाडा समायोजन गरिनुपर्नेमा झन्डै नौ वर्षदेखि हुन नसकेको यातायात व्यवसायीको गुनासो छ ।
संविधानअनुसार यातायात क्षेत्रको व्यवस्थापनको जिम्मेवारी तीन तहमै बाँडिएको छ । पालिकाभित्र गुड्नेको पालिका, प्रदेशभित्र गुड्नेको प्रदेश सरकार र एकभन्दा बढी प्रदेशमा गुड्नेको व्यवस्थापन र नियमनको जिम्मेवारी सङ्घीय सरकारको हुने व्यवस्था छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।