जापानको कार उत्पादक कम्पनी निसानले नौ हजार रोजगारी कटौती गर्ने
कात्तिक २३, २०८१ शुक्रबार
एसीसी एसिया कप छनाैट अन्तर्गत अहिले नेपालले ओमान विरुद्धको खेलमा २२२ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै दुई सय २१ रन बनायो । अाेपनिङमा सुवास खकुरेललाई मौका दिएको नेपालले सुरुवात राम्रो गर्न सकेन ।
नेपालले ३१ रन हुँदा पहिलो विकेट गुमायो । नेपालका सुवास मात्र ४ रनमा आउट भए । त्यसपछि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले केही सम्हालिने प्रयास गरेका थिए तर सफल भएनन् , पारस ८ रनमा आउट भएपछि नेपालले ५६ रनमा दोस्रो विकेट खेर फाल्यो । लगत्तै नेपालले अर्को विकेट पनि गुमायो ।
राम्रो लयमा देखिएका ज्ञानेन्द्र मल्ल ४५ रनमा पेभेलियन फर्किदा नेपालले ५८ रनमा तेस्रो विकेट गुमायो । ओमानको बलिङ अगाडि नेपालका भरपर्दा खेलाडी खासै टिक्न सकेनन् । जसका कारण नेपालले ८० रन बनाउदा चार विकेट गुमायो । दिपेन्द्रसिंह ऐरी पनि मात्र नौ रनमा आउट भए ।
त्यसपछि पाँचौ विकेटका लागि सागर पुन र आरिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ९२ रनको साझेदारी गरेका थिए । तर नेपालको स्कोर एक सय ७२ रन हुँदा आरिफ ३६ रनमा आउट हुन पुगे । यता आरिफसँग राम्रो ब्याटिङ गरेका सागरले ६३ बलमा अर्धसतक हिर्काए । त्यसपछि क्रिजमा आएका रोहित पौडेलले खाता खोल्न नपाउँदा नेपालले एक सय ७८ रनमा छैटौँ विकेट गुमायो ।
त्यसपछि करण केसीले विस्फोटक २६ रन बनाए । अन्तिम ओभरमा नेपालले लगातार दुई विकेट गुमाउन पुग्यो । जसमा सागर पुन ८३ रन आउट हुँदा बसन्तले खाता खोल्न पाएनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।