अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च
कात्तिक २३, २०८१ शुक्रबार
एसियाली खेलकुदमा नेपाल खाली हात नफर्किने भएको छ । पहिलो पटक एसियाडमा सहभागिता जनाएको पाराग्लाइडिङले कम्तीमा कास्य पदक ल्याउने पक्का भएको छ ।
पुरुषको क्रस कन्ट्रीमा अहिलेसम्म दोस्रो स्थानमा रहेको नेपालका खेलाडीले आफ्नो रेस सकेपछि सबै देशका खेलाडी ल्यान्ड नहुँदासम्म कसले कुन पदक जित्यो भन्ने यकिन नहुने भएकाले पदकको छिनोफानो भने भएको छैन । तर चौथो दिनको खेल हेर्दा र आजको प्रदर्शन हेर्दा नेपालले रजत पदक जित्न सक्ने सम्भावना रहेको छ ।
चौथो दिनको खेल सकिँदा नेपाल आठ हजार पांच सय ९१ अंक सहित दोस्रो स्थानमा थियो । पहिलो स्थानमा रहेको जापान भन्दा नेपाल सात सय ६८ अंकले पछि छ । जापानको कुल नौ हजार तीन सय ५९ अंक छ । तेस्रो स्थानमा रहेको दक्षिण कोरियाको आठ हजार अंक छ ।
यसैबीच इन्डोनेसियाका खेलाडीले सोचेको भन्दा बढी अंक प्राप्त गरेको भन्दै जापान र नेपालले प्रोटेष्ट हालेका छन । चौथो दिन निर्णायकले मेसिन बिग्रिएको भन्दै सात सय भन्दा बढी अंक इन्डोनेसियालाई दिलाएपछि आज तेस्रो स्थानमा उक्लिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।