अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च
कात्तिक २३, २०८१ शुक्रबार
एसीसी एसिया कप छनोट प्रतियोगितामा भइरहेको पहिलो खेलमा ओमानको तेस्रो विकेट पतन भएको छ ।
२२२ रनको विजयी लक्ष्यसहित ब्याटिङ गरिरहेको ओमनका तेस्रो विकेटका रुपमा भीएस वाटेगावनकर आउट भएका हुन् । ४१ रन बनाएर खेलिरहेका उनलाई सन्दीप लामिछानेले रन आउट गराएका हुन् ।
यसअघि ६७ बलमा ३० रन बनाएका सिंहलाई लामिछानेको बलमा रोहित पौडेलले रन आउट गराएका थिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२१ रन बनाएको थियो ।यतिबेला ४० ओभरको खेल सकिँदा ओमन ३ विकेटको क्षतिमा १६६ रन बनाएर खेलिरहेको छ ।
अहिलेसम्म यी दुई टिम ५ पटक खेलेका छन । जसमा नेपालले ३ खेल जिते पनि पछिल्लो ५ वर्षयता ओमानविरुद्ध जित निकाल्न सकेको छैन । सन् २००२ को एसीसी ट्रफीमा नेपालले ओमानलाई १०५ रनले हराएको थियो । त्यसको आठ बर्षपछि भिड्दा नेपालल ६ विकेटले विजयी भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।