बिहानको मौसम धुम्म : दिउँसो घाम लाग्ने
कात्तिक २३, २०८१ शुक्रबार
एसिया कप क्रिकेटको छनौट खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ ।
नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको हो ।
ओमानको जितमा खवार अलीले नट आउट ८४ तथा जिसन मक्सुदले नट आउट ४५ रन बनाए । बैभव वाटेगोन्कर ४१ जितेन्दर सिंह ३० तथा अकिब इलियस १६ रनमा आउट भए । तीन मध्य नेपालका पारस खड्काले १ विकेट लिए भने २ विकेट रन आउट भएका थिए ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालको सुरुआत भने राम्रो हुन सकेन ।
ओपनर अनिल साहलाई आराम दिएर सुवास खकुरेललाई मौका दिए पनि सुवास ४ रनमा आउट भए । ३१ रन हुदा पहिलो विकेट गुमाएको नेपालका लागि कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्लले केहि सम्हालिने प्रयास गरेका थिए ।
पारस ८ रनमा आउट भएपछि नेपालले ५६ रनमा दोस्रो विकेट गुमाएको थियो ।
राम्रो लयमा देखिएका ज्ञानेन्द्र मल्ल ४५ रनमा पेभेलियन फर्किदा नेपालले ५८ रनमा तेस्रो विकेट गुमायो । नेपालले ८० रन बनाउदा चार विकेट गुमायो । दिपेन्द्रसिंह ऐरी पनि मात्र नौ रनमा आउट भए ।
त्यसपछि पाँचौ विकेटका लागि सागर पुन र आरिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ९२ रनको साझेदारी गरेका थिए । तर नेपालको स्कोर एक सय ७२ रन हुदा आरिफ ३६ रनमा आउट हुन पुगे । यता आरिफसँग राम्रो ब्याटिङ गरेका सागरले ६३ बलमा अर्धसतक बनाए । त्यसपछि क्रिजमा आएका रोहित पौडेलले खाता खोल्न सकेनन् ।
करण केसीले विस्फोटक २६ रन बनाए । अन्तिम ओभरमा नेपालले लगातार दुई विकेट गुमाउन पुग्यो । जसमा सागर पुन ८३ रन आउट हुदा बसन्तले खाता नै नखोली आउट भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।