सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै - निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य अहिलेसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेको छ ।
गएकाे वैशाखको पहिलो हप्ताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोबार क्रमशः बढ्न थालेको हो । यही साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्य समेत बढेको छ । निषेधाज्ञाका समयमा तीन हप्ता ब्रोइलर चल्लाको बिक्री शून्य भएकामा क्रमशःबढ्दै गएर प्रतिवटा ७० रुपैयाँ पुगेको छ ।
नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय समितिका निवर्तमान अध्यक्ष टीकाराम पोख्रेलका अनुसार ब्रोइलर चल्लामा ठूलो नोक्सान भएको छ । उहाँले भन्नुभयो,'निषेधाज्ञाका समयमा तीन हप्ता हामीले चल्ला बेच्न सकेनौँ।' गएको तीन महिनामा अन्य हप्ता लागत मूल्यका आधारमा बेच्नसमेत मुस्किल परेको उहाँको भनाइ छ । ब्रोइलर चल्लाको लागत मूल्य प्रतिवटा ५६ रुपैयाँ पर्दछ । एक हप्तामा देसभरका ह्याचरीले ३० लाख चल्ला उत्पादन गर्ने उहाँले जानकारी दिनुभयो ।
लेयर्स चल्ला भने पुर्याउन मुस्किल परेपछि व्यवसायीले नोक्सान बेहोर्नु परेको छैन । लेयर्स प्रतिवटा १७० रुपैयाँमा बिक्री भइरहेको छ । देशभरमा ३४० वटा ह्याचरी दर्ता भएकामा ६० जति बन्द रहेको उहाँको भनाइ छ । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्षसमेत रहनुभएका पोख्रेल व्यवसायीले कोरोनाका कारण धेरै नोक्सान बेहोर्नु परेको बताउनुहुन्छ । राज्यले समयमा ध्यान दिएर पोल्ट्री क्षेत्रलाई हेर्न नसकेमा आत्मनिर्भर यस व्यवसाय भविष्यमा धरासायी बन्दै जानसक्ने उहाँको चिन्ता छ ।
आजदेखि लागू हुनेगरी अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको) ३८५ रुपैयाँ र मिडियम प्रतिक्रेट ३५५ रुपैयाँ कायम गरिएको छ । नेपाल अण्डा उत्पादक सङ्घले लागू गरेको यो दर रेट अहिलेसम्मकै उच्च हो । केन्द्रीय अध्यक्ष शिवराम केसीका मागअनुसार अण्डा पुर्याउन कठिन भएको बताउनुभयो । अहिले दैनिक ३३ लाख हाराहारी अण्डा उत्पादन भएको अनुमान छ । अन्य समयमा यो सङ्ख्या ४७ लाखसम्म पुग्ने गरेको उहाँले जानकारी दिनुभयो । निषेधाज्ञाका समयमा अण्डाको रेट प्रतिक्रेट ३३० रुपैयाँसम्म झरेको थियो । अहिले अण्डाको लागत मूल्य प्रतिक्रेट ३६० रुपैयाँ हाराहारी पर्ने उहाँको भनाइ छ । बजारको मागअनुसार दररेट बढाइएको उहाँले जानकारी दिनुभयो ।
कोभिडले निषेधाज्ञा भएका समयमा खपत क्रमशः बढ्दै गएको केसीको बुझाइ छ । उहाँले भन्नुभयो,'अण्डाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भनेर खानेक्रम बढेको छ ।' पहिराेले अवरोध भएका बाटो खुलेसँगै देशैभर अण्डा पुर्याउन सकिएको र साउन महिनामा समेत अण्डाको माग बढेको उहाँले बताउनुभयो ।
दुई हजार ७०० हाराहारी पोल्ट्री फार्म रहेका छन् । लेयर्स कुखुरामा ८० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी पाएको उहाँ बताउनुहुन्छ । अण्डाको मूल्य बढे पनि दानाको कच्चापदार्थको दर उच्च हुँदा किसानले सोचे जस्तो मुनाफा नपाएका कृषक बताउँछन् । पोल्ट्री व्यवसायी मदन पोख्रेल कुखुराको दानामा प्रयोग हुने प्रतिकिलो ५० रुपैयाँ पर्ने भटमास १०५ रुपैयाँसम्म पुगेको र २२ रुपैयाँ हाराहारीमा पाउने मकै ३७ रुपैयाँसम्म पुगेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,'दानाको मूल्यसँगै अण्डाको मूल्य बढेकाले हामीलाई त्यति नाफा छैन ।' कोभिडको समयमा लागत मूल्यमा अण्डा बिक्री गर्न कठिन भएको र काममा जोखिम मोल्नुपरेको निवर्तमान अध्यक्ष पोख्रेलको गुनासो छ ।
महँगोमा चल्ला राख्नुपर्दा लागत मूल्य बढी हुने उहाँ बताउनुहुन्छ । निषेधाज्ञाका समयमा कुखुराको मासुले मूल्य नपाउँदा धेरैले नोक्सानी बेहोर्नु परेको छ । दुई वर्ष अष्ट्रेलियामा अध्ययन गरेर फर्कनुभएका गैँडाकोटका सम्भव पाण्डे निषेधाज्ञामा आफूले पालेका ३२ हजार ब्रोइलर कुखुराबाट २६ लाख रुपैयाँ नोक्सान भएको बताउनुहुन्छ । उहाँले नवलपरासीको बेल्डीया र गैँडाकोटमा कुखुरा पाल्नुभएको थियो । त्यतिबेला प्रतिवटा १०० रुपैयाँ हाराहारीमा खरिद गरेको चल्लाबाट उत्पादन भएपछि बिक्री गर्दा प्रतिकिलो १५० रुपैयाँमा बेच्नु परेको उहाँको भनाइ छ ।
चितवन–नवलपुर दाना वितरक सङ्घका अध्यक्ष तेजनारायण पाण्डे ब्रोइलर कुखुराको किसानको लागत मूल्य २२० रुपैयाँसम्म पर्ने भए पनि निषेधाज्ञाभर सस्तोमा बेच्नुपर्दा धेरै नोक्सान भएको बताउनुहुन्छ । क्रमशः मूल्य बढ्दै गएको उहाँको भनाइ छ । कोभिड घट्दै गएपछि किसानले राहत महसुस गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले कुखुराको मासुको मूल्य ३८० रुपैयाँ प्रतिकिलो पुगेको छ । नेपालमा पोल्ट्री क्षेत्रमा एक खर्ब ५० रुपैयाँ अर्बभन्दा बढी लगानी भएको व्यवसायी बताउँछन् ।
लेयर्स कुखुरापालनमा अग्रणी दाउन्ने ट्रेडर्सका कार्यकारी निर्देशक विनोद पोख्रेल कच्चापदार्थको मूल्य दिनानुदिन बढ्दा र कोभिड जस्ता महामारीका समयमा यो व्यवसाय सञ्चालन कठिन हुने बताउनुहुन्छ । देशभर अण्डाको सञ्जाल रहेको दाउन्नेका कार्यकारी निर्देशक पोख्रेल सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर हेर्नुपर्छ भन्नुहुन्छ । दाउन्नेको नवलपरासीको फार्ममा अहिले तीन लाख लेयर्स कुखुरा रहेका छन् । देशमा नै सबैभन्दा बढी लेयर्स कुखुरा भएको यो एक मात्र फार्म रहेको उहाँहरुको भनाइ छ ।
उहाँले भन्नुभयो,'कोभिडका समयमा किसानले बेहोरेको नोक्सानलाई सरकारले सम्बोधन गर्नुपर्छ ।' कच्चापदार्थ बाहिर आश्रित भएसम्म किसानले लाभ लिन कठिन हुने जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।