सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
दार्चुला - व्यास गाउँपालिका–२ मालघाटमा तुइनबाट महाकाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन काटिदिएपछि ३५ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका हुनुभएकाे हाे ।
नदी तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताउनुभयो । 'भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासी तुइन काटिदिए, नदीको बीच भागमा पुग्ने बेला तुइन काटिएपछि उहाँ बेपत्ता हुनुभएकाे छ, पाँच/छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौँ' धामीले भन्नुभयो,'अरु सबै तुइनबाट भारत तरेका थियाैँ, जयसिंह तर्ने बेला एसएसबी तुइन काटिदिए।'
भारत पाङ्गलमा रहेका एसएसबीले तुइन काटिदिएका उहाँले बताउनु भयाे । धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित बनेका छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।