सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
सुर्खेत – कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एक जनाको ज्यान गएकाे छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ मा रहेकाे स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा नदीमा डुङ्गा पल्टिँदा तीन व्यक्ति बेपत्ता भएका हुन् भने एक जनाको ज्यान गएकाे हाे ।
डुङ्गा दुर्घटना हुँदा बेपत्ता हुनेमा मोहन्याल–३ की २० वर्षीया उर्मिला सलामीमगर, उर्मिलाको १० दिनकाे शिशु र त्यही ठाउँकी २० वर्षीया पार्वती थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताउनुभयो ।
त्यस्तै डुङ्गा दुर्घटनामा घाइते हुनुभएकी मोहन्याल ३ की १९ वर्षीया धनसरा सलामीमगरको उपचारका लागि लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उहाँका एक महिनाका छोरा कर्ण सलामी गम्भीर घाइते भएका छन् । डुङ्गामा १० जना सवार रहेकामा पाँच जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएकाको खोजीका लागि इलाका प्रहरी कार्यालय सुगरखालको टोली घटनास्थलमा खटिएको जनाइएको छ । यहाँ सहजरूपमा आवागमनका लागि पुलको व्यवस्था नहुँदा नागरिक जोखिम यात्रा गर्न बाध्य छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।