भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि भाइटीका मनाउँदै
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । नेप्से आज शून्य दशमलव ९४ अङ्कले बढेर तीन हजार एक सय ६२ दशमलव ५९ विन्दुमा पुगेको छ ।
आज होटल समूहको शेयर एक सय तीन अङ्कले बढेको छ । यस्तै जलविद्युत् समूह एक सय ४४ अङ्कले, माइक्रोफाइनान्स आठ अङ्कले, जीवन बीमा समूहको शेयर १० अङ्कले र निर्जीवन बीमा समूहको शेयर ४३ अङ्कले बढेको छ । बैंक, विकास बैंक, व्यापार, फाइनान्स, अन्य र उत्पादन समूहको शेयर भने घटेको छ ।
आज आईसीएफसी फाइनान्स, रिडी हाइड्रो, रुरु जलविद्युत्, जीवन विकास लघुवित्त, युनियन लाइफ र नेपाल इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेको छ । हिजो सामान्य घटेको जलविद्युत् समूहमा आज फेरि हरियाली देखिएको छ ।
आज जानकी फाइनान्सको शेयर सबैभन्दा धेरै झन्डै चार प्रतिशतले घटेको छ ।
आज दुई सय ३० कम्पनीका दुई करोड ७२ लाख ९८ हजार कित्ता शेयर १५ अर्ब ४५ करोड ५५ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ६८ करोड ३० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।