एसियाली खेलकुद : कस्तो रह्यो बिहीबार नेपाली खेलाडीको प्रदर्शन ?

 भदौ १४, २०७५ बिहीबार १९:१९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत जुडोको दोश्रो दिन बिहीबार पनि नेपाली खेलाडी पराजित भएका छन् । पदकको आशा गरिएको जुडोमा नेपाली खेलाडीले अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि नेपालले थप पदक प्राप्त गर्ने आशा लगभग सकिएको  छ ।

प्याराग्लाइडिङ टिमको उत्कृष्ट प्रदर्शनका कारण नेपाल इन्डोनेसियाबाट खाली हात भने फर्कनु परेन । नेपाललाई २० वर्षपछि रजत पदक दिलाउन प्याराग्लाइडिङ टिमको उत्कृष्ट प्रदर्शन रह्यो ।  
 

जेसीसी प्लेनरी हलमा भएको महिलाको ५७ केजीमुनि भियतनामकी नुयेनले नेपालकी मनिता श्रेष्ठ प्रधान तथा ६३ केजीमुनि आयोजक इन्डोनसियाकी युली अदे्रल्ला फ्राडिभ्ताले नेपालकी फुपुल्हामु खत्रीलाई पराजित गरे । पुरुष ७३ केजीमुनि साउदी अरबका फहाद सुलैमान हमादले नेपालका सन्जित डंगोललाई हराए ।
 

शुक्रबार तीन खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ९० केजीमुनि श्रीराम मकाजु र १०० केजीमुनि रविन श्रेष्ठ तथा महिला ७८ केजीमुनि पुनम श्रेष्ठले खेल्नेछन् ।

टेबलटेनिस : नविताको मिश्रित प्रदर्शन
       

जेआईई एक्सपो हल बीमा भइरहेको टेबलटेनिसको महिला सिंगल्समा नेपालकी नविता श्रेष्ठले मिश्रित प्रदर्शन गरेकी छन् । पहिलो चरणमा नविताले मकाउकी फेइ सुट तमलाई ११–८, ८–११, ३–११, ११–८, ७–११, ११–६ र ११–७ को सेटमा पराजित गरिन् । अर्कोमा नविताले हङकङकी केम होइ डुलाई ११–५, ११–१, ११–६ र ११–७ ले नतिजा सुम्पिइन् ।
 

महिला सिंगल्समै मंगोलियाकी दोलीजिन्जु बत्बयरले नेपालकी स्वेच्छा नेम्वाङलाई ११–९, १३–११, ११–६ र ११–६ को सोझो सेटमा हराइन् ।

पुरुष सिंगल्समा मंगोलियाका इर्डेनबयर चिन्बाटले नेपालका अमरलाल मल्ललाई ११–८, ९–११, ६–११, ११–८, ८–११, ११–२ र ११–५ तथा मकाउका छेन चि छियोङले नेपालका श्यान्टु श्रेष्ठलाई १२–१०, ११–८, ११–९, ७–११, ५–११ र ११–८ को सेटमा पन्छाए । बिहीबारको खेलसंगै टेबलटेनिसमा नेपालको चुनौती समाप्त भएको छ ।

सेपाकताक्रो : पाकिस्तान पराजित
 

सेपाकताक्रोको पुरुष क्वाड स्पर्धामा नेपालले पाकिस्तानलाई २–० को सोझो सेटमा पराजित गरेको छ । नेपाल २१–१६ र २१–८ ले विजयी भयो । इरानसंग भने नेपाल २–० ले पछि पर्‍यो । नेपालबाट गोविन्द मगर, रविन भट्टराई, रुपेश सुनार र सन्जित धिमालले प्रतिस्पर्धा गरेका थिए ।

भलिबल : श्रीलंकासंग पराजित

पुरुष भलिबलमा नेपाल श्रीलंकासँग ३–१ ले पराजित भएको छ । १३ औं देखि १६ औं वरियाता निर्धारण गर्न भएको खेलमा श्रीलंकाले नेपाललाई २३–२५, २५–१६, २६–२४ र २५–२१ को सोझो सेटमा हरायो । अब नेपालले १४÷१५ स्थानका लागि भियतनाम र किर्गिस्तानबीचको विजेतासंग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

एथलेटिक्स : सरस्वती १४ औं

नेपालकी सरस्वती चौधरीले महिला १ हजार ५ सय मिटर दौडमा १४ औं स्थान हासिल गरेकी छन् । सरस्वतीले निर्धारित दूरी ४ मिनेट ३४.२६ सेकेन्डमा पूरा गरिन् ।

अन्तिम अपडेट: कात्तिक २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया