सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै - संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अर्बाैँ खर्च गर्यो । तर अफगानी सुरक्षा बलको द्रुत पतनले विद्रोहीहरुको हतियार सङ्कलनमा सफलता मिलेपछि उनीहरुलाई थप आक्रामक बन्न सहयोग पुगेको छ ।
अमेरिकी सेनालाई हटाउने र स्थानीय सरकारलाई जिम्मेवारी छोड्ने आफ्नो निर्णयको रक्षा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले भन्नुभयो, 'हामीले हाम्रा अफगान साझेदारहरुलाई ‘सबै औजारहरु’ प्रदान गर्यौँ । तर अफगान सुरक्षा फौजले त्यस लडाइँको लागि खासै जोड देखाएका छैनन् र हजाराैँको सङ्ख्यामा सक्रिय तालिबानले उनीहरुलाई प्रमुख सहरहरुबाट तुरुन्तै उठाउन थालेका छन्।'
तालिबान समूहले उनीहरुका सामाजिक सञ्जाल तालिबान लडाकुहरुले हतियारको ठूलो पैमाना जफत गरेको भिडियोले भरिएका छन् । यो अधिकांश हतियार पश्चिमी शक्तिहरुले प्रदान गरेको हो ।
उत्तरी सहर कुन्दुजमा आत्मसमर्पण गरिरहेका अफगान सिपाहीहरु रहेको एक दृष्यचित्रमा शक्तिशाली हतियारले भरिएको र विद्रोहीले हातमा बन्दुक समाएर उभिएको देखाइएको छ ।
पश्चिमी सहर फराहमा, लडाकुहरुले चीलले सर्पलाई आक्रमण गर्दै गरेको तस्बिर रहेको गाडीमा गस्ती गरिरहेको पाइन्छ । यो अफगानिस्तानको गुप्तचर सेवाको आधिकारिक सङ्केत हो । यसले के बताउँछ भने विद्रोहीहरुले सरकारी सुरक्षा बलसँगबाट सबै प्रकारका हतियार तथा बन्दोबस्तीका सामानहरु कब्जा गरेका छन् ।
हतियार खोजी समूह, ‘कन्फ्लिक्ट आर्मामेन्ट रिसर्च’का जस्टिन फ्लिश्नरले भन्नुभयो, 'अमेरिकी सेनाले ‘अत्याधुनिक’ उपकरणहरु आफूसँगै लगे पनि तालिबानको आक्रमणले त्यस समूहलाई ‘बन्दोबस्तीका गाडी, बख्तरबन्द गाडी, मध्यम खालका हातहतियार र हल्का हतियारका साथसाथै गोला बारुद’ दिएको छ ।
विशेषज्ञहरुको भनाइअनुसार तालिबानका क्षेत्रीय सहयोगी समूहहरुको अज्ञात समर्थनले तालिबानलाई ठूलो बल मिलेको छ ।
‘एस राजारतनाम स्कुल अफ इन्टरनेशनल स्टडीज’ का वरिष्ठ अधिकारी राफाएलो पन्टुचीका अनुसार यी हतियारहरुले काबुलमा तालिबानको आक्रमणलाई मात्र होइन यसले तालिबान लडाकुद्वारा कब्जा गरिएका सरहरुमा उसको अवस्थालाई सुदृढ पार्नेछ ।
अमेरिकी फौज सबै गइसकेपछि अहिले तालिबानले एक पैसा पनि खर्च नगरिकन अमेरिकाले अफगानिस्तानमा आपूर्ति गरेका औजारहरुलाई जम्मा गर्न सफल भएका छन् । 'यो एकदमै गम्भीर कुरा हो । उहाँले भन्नुभयो, 'यो तालिबान लडाकु समूहका लागि ‘सफलताको कसी’ हुनेछ । यसको असर कतिपय प्रान्तीय सहर कब्जा गर्ने बेला देखिइसकेको छ ।
अमेरिकी सेना उसको फिर्ता समय सीमाभन्दा अगाडि नै स्वदेश फर्किने तयारी भइरहँदा सन् २००१ मा भएको आतङ्ककारी हमलापछि अल कायदासँग सम्बन्ध कायम राख्ने अफगानी विद्रोहीहरु पनि अमेरिकाले अफगान सरकारलाई उपहार दिएका हतियारसाथ परेड खेलेका दृश्य सामाजिक सञ्जालमा देखिन्छ । सहरहरुबाट सरकारी सेनाको बहिर्गमन (पतन) हुनु यहाँको सबैभन्दा खतरनाक परिदृश्य भएको सन् २००१ मा तालिबानलाई विस्थापित गर्न अमेरिकी विशेष फौजको नेतृत्व गर्ने जेसन अमेरिनले एएफपीलाई बताउनुभयो ।
अफगान राष्ट्रिय सेनालाई सङ्केत गर्दै उहाँले भन्नुभयो, 'अमेरिकाले हतियार र सैनिक बन्दोबस्तीका सामान तालिबानको हातमा पर्न सक्छ भन्ने अनुमानका साथ एएनएलाई सुसज्जित गरेको थियो । अहिलेको संकट खरिद निर्णय गर्दा विचार गरिएको सबैभन्दा खराब परिस्थिति हो ।'
तालिबानले आफ्नो सफलतालाई अफवाहको रुपमा फैलाउन सफल भएका छन् । यसले अफगानी सेना तथा अधिकारीलाई मनोवैज्ञानिक असर परेको छ । कुन्दुज विमानस्थलमा रातो मोटरसाइकलमा रहेका तालिबान लडाकु शिरदेखि पैतालासम्म विद्रोही पोसाकमा सजिएका र विमानस्थलमा रहेको सैनिक हेलिकप्टरलाई हेरिरहेको देखिन्थ्यो । हेलिप्टर उनीहरुको नियन्त्रणमा थियो । यो विद्रोही इलाकाभरि झल्किएको हर्षको चित्र हो ।
विमानले कम्तीमा पनि विमानचालक विना युद्धभूमिमा कुनै असर पार्ने छैन । सीआईए आतंङ्वाद विरोधी विश्लेषक अकी पेरिट्जले एएफपीसँग भन्नुभयो, 'तिनीहरु अफवाहको उद्देश्यका लागि मात्र हुनेछन् ।'
योभन्दा बढी उपयोगी भनेको देशको दुर्गम भू–भागमा मार्ग–निर्देशन गर्न प्रयोग गरिने हल्का हातहतियार तथा गाडीहरु हुनेछन् ।
सेनाको मनोबल घट्दै गएसँगै तिनीहरुले पश्चिमी समर्थित सरकारलाई तालिबानले निम्त्याउने खतरालाई बढावा दिनेछन् । सङ्कट बढ्दै जाँदा, बाइडेनको प्रशासनले अझै पनि पराजित हुनै लागेको अफगान सेनालाई सुसज्जित गर्ने बताएको छ ।
मध्यपूर्वका अवलोकनकर्ताहरुले यो हतियार हस्तान्तरण भएको पहिला नै देखेका छन् । अमेरिकी सेना इराकबाट हटेपछि सन् २०१४ को मध्यतिर इस्लामिक स्टेट (आइएस) समूहले इराकी सहर मोसुललाई कब्जामा लिएको थियो । यस क्रममा उसले अमेरिकाद्वारा आपूर्ति गरिएका बन्दुक तथा बख्तरबन्द गाडी पनि कब्जामा लिएको थियो, जसलाई जिहादी मुसलमानहरुले इराकदेखि सिरियासम्म इस्लामिक क्षेत्र घोषणा गर्नका लागि प्रयोग गरेका थिए ।
पेरिट्जले यो अहिले एउटा बाटोको रुपमा परिणत बनेको बताउँदै अफगानिस्तानमा तालिबानको विजय यस क्षेत्रको शान्तिका लागि मुख्य चुनौति भइरहने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।