सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिका ५ वस्तुकी पार्वता भण्डारीको घर नजिकै एक हलको बारी छ । खेतीमा रोग नलागे र जङ्गली जनावरले नोक्सान नगरे ६ मुरी मकै उत्पादन हुन्छ । ५/६ वर्ष पहिलेसम्म साढे पाँचदेखि ६ मुरीसम्म मकै भित्र्याउनुभएकी उहाँले यस वर्ष भने एक मुरी जति मकै स्याहार्नुभयो ।
कारण हो, बाँदरले मकै नोक्सानी गर्नु । ‘राम्रै फले त ६ मुरीसम्म हुन्थे तर अहिले एक मुरी पनि पुग्न मुस्किल छ’, उहाँले भन्नुभयो, ‘मुख्य बाली नै नोक्सानी भए पनि निराशा हुँदोरहेछ ।’ उहाँको घरमा उहाँसँगै छोरा, बुहारी र छोरी छन् । बिहानदेखि बेलुकीसम्म चारै जना बारीमा बसेर बाँदर हेर्दासमेत मकै जोगाउन नसकिएको उहाँले गुनासो गर्नुभयो । गएकाे वैशाख ११ गते छरेको मकै भदौको अन्तिमतिर स्याहार्ने समय हो । बाँदर आतङ्कले गर्दा एक महिना अगाडि गएकाे साउनको अन्तिमतिर नै स्याहार्न बाध्य भएको उहाँले गुनासो गर्नुभयो ।
वस्तुकै जितेन्द्र भण्डारीको पाँच रोपनी बारीमा आठदेखि १० मुरीसम्म मकै उत्पादन हुन्छ । मकै छरेपछि एकोहोर्याउने समयदेखि स्याहार्ने बेलासम्म लगातार बाँदर आइरह्यो । मकैमा दाना लागेदेखि बाँदरले बढी सताउन थाल्यो । अहिलेसम्म १८ देखि २० डोका अर्थात् चार मुरीभन्दा बढी मकै बाँदरले नोक्सान गरेको उहाँले गुनासो गर्नुभयो ।
‘एक पटकमा ९० देखि सयसम्म बाँदरको हुल आउँछ’, उहाँले भन्नुभयो, ‘बिहानदेखि बेलुकासम्म हामीहरूको ड्युटी बाँदर धपाउने हो ।’ उहाँले बाँदरले मकै नोक्सानी गरेपछि बाँकी रहेका मकै समयअघि नै स्याहारेको र बाँदरबाट गाउँले नै हैरान भएको उहाँले बताउनुभयो । ‘बाँदर धपाउने बन्दुक दिगो समाधान होइन रहेछ’, उहाँले भन्नुभयो, ‘बाँदरका अगाडि आत्मसमर्पण गरेजस्तै भयो ।’
उहाँले बाँदरकै कारण वस्तुमा अधिकांश जग्गा बाझिएको गुनासो गर्नुभयोे । बाँदरले वस्तुका झन्डै दुई तिहाइ किसानलाई हैरान बनाएकाे छ । त्यसका साथै जैसिथोक, रेसुङ्गा नगरपालिकाको चेक्मी, गुरुङगाउँ, मालिका गाउँपालिकाका विभिन्न वडालगायत जिल्लाका धेरैजसाे क्षेत्रमा बाँदरले सताउने गर्दछ ।
बाँदर नियन्त्रणका लागि गएकाे वर्ष धुर्कोट गाउँपालिकाले २३ बाँदर धपाउने यन्त्र ल्याएको थियो । ठूलो आवाज निस्कने भएकाले केही बेर बाँदर भागे पनि फर्केर आउने समस्याले त्याे यन्त्र पनि प्रभावकारी नदेखिएको गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले बताउनुभयो ।
उहाँले गाउँ कार्यपालिकाले सङ्घीय सरकारलाई बाँदर नियन्त्रण गर्ने उपाय खोजी गर्न निर्णय नै गरेर पठाए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । जिल्ला वन कार्यालयका प्रमुख प्रभात सापकोटाले गुल्मीमा बाँदर नियन्त्रणका लागि कार्यक्रम नभएको प्रतिक्रिया दिनुभयो । यसका लागि अहिलेसम्म अपनाएका सबै उपाय दिगो नभएकाले कार्यालयले पनि विशेष कार्यक्रम नराखेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।