पहिरोले नाैबिसे–नागढुंगा सडकखण्ड अवरुद्ध

 भदौ २, २०७८ बुधबार १०:३६:२१ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – पहिराेका कारण त्रिभुवन राजपथ अन्तर्गत नौबिसे–नागढुङगा सडकखण्ड अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपाैवा बीचको भागमा सडकमाथिबाट आएकाे पहिराेले सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी प्रमुख रुपा थापाले बताउनुभयाे ।

लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । पहिरोमा फसेको ना २ ख ८३५३ नम्बरको ट्रक त्यहाँबाट निकालिएको छ । सडक फराकिलो पार्ने क्रममा पहिरो आएकाे हाे ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया