सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
वाग्मती – वाग्मती प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मन्त्री केशवराज पाण्डेलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त पाण्डेलाई बैठकले प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
बैठकले कोभिडविरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन, अनुगमन तथा नियमन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।
यसअघि बुधवार राति नै शपथ ग्रहणपछि नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । उहाँले आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास मन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकास मन्त्रीमा कृष्ण खनाललाई नियुक्त गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।