हरिसिद्धि भवानीकाे शक्ति सञ्चयकाे लागि धार्मिक गतिविधि शुरू

 भदौ ९, २०७८ बुधबार ६:५८:१८ | सिल्भिया राजोपाध्याय
unn.prixa.net

ललितपुर – ललितपुरको हरिसिद्धि भवानीकाे शक्ति सञ्चय एवमं पुनःस्थापनकाे लागि धार्मिक गतिविधि शुरू भएको छ। स्थानीय भाषामा सिद्धिदनेगु भनिने हरिसिद्धि भवानीकाे शक्ति सञ्चय एवमं पुनःस्थापनकाे लागि गरिने धार्मिक गतिविधि गाईजात्रादेखि शुरू भएको हो ।

हरिसिद्धि भवानीकाे शक्ति सञ्चयकाे लागि गरिने शुरूवाती विधि हिजो बेलुकीबाट शुरू भएको हो । अस्ति गाईजात्राकाे विधि परम्परा सम्पन्न भएपछि बेलुकी स्थानीय बाजा समूह न्येकू मंकाः बाजं खलःले परम्परागत बाजा बजाएर कुल देवता, पीठ देवताको परिक्रमा गरेसँगै हरिसिद्धिको मूल प्रवेशद्वारबाट बाहिर गएर एकैछिन बाजा बजाए पछि बाजा नबजाइकन फर्किनुपर्ने परम्परालाई निरन्तरता दिएको थियो । त्यसपछि हरिसिद्धिमा कुनै पनि प्रकारको बाजा बजाउन नहुने मान्यता छ भने भोज पनि गर्न नहुने प्रचलन छ।

हरिसिद्धि भवानीको मन्दिरको भित्र र बाहिर रहेका घण्टालाई पनि बजाउन नमिल्ने गरेर बाँध्नुपर्ने नियम छ । त्यस्तै गाईजात्राको रातिदेखि मन्दिरको मुख्यद्वार बन्द गरेर पुजारीबाहेक अरूको लागि प्रवेश निषेध गरिन्छ।

हरिसिद्धि भवानीकाे शक्ति सञ्चय एवमं पुनःस्थापनकाे लागि १२ वर्षको अवधिमा कुनै पनि पुजारीको निधन भएमा रिक्त ठाउँमा नयाँ पुजारीको नियुक्ति, नवनियुक्त पुजारीलाई विशेष पूजा गरेर मन्दिरमा भित्र्याएर नाच तथा बाजाको तालिम दिने, मन्दिर मर्मत गर्ने, नयाँ मुकुट बनाउने, देवताहरूको लागि नयाँ पोशाक सिलाउने, नाटेश्वरको पूजा लगायतका विभिन्न विधिविधान गरिन्छ।

यसरी हरिसिद्धि भवानीकाे शक्ति सञ्चय एवमं पुनःस्थापनकाे विधि पूरा भएपछि फुल्चोकी माईकहाँ गएर ढोका खोलेर १२ वर्षे ऐतिहासिक प्राचिन गोदावरी सिंहस्थ मेला शुरू गरिन्छ।   

हरिसिद्धि भवानीलाई फुल्चोकीबाट ल्याएको भन्ने गरिन्छ। त्यसैले गोदावरी सिंहस्थ मेला अगाडि हरिसिद्धि भवानीको शक्ति सञ्चय एवमं पुनःस्थापना गर्ने गरिन्छ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिल्भिया राजोपाध्याय

सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।

1 Comments

  • kabiraj maharjan

    Aug. 25, 2021, 9:13 a.m.

    Thank you for the information. Hope to see new updates.

  •  0 Reply

तपाईको प्रतिक्रिया