सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – नेकपा माओवादी केन्द्रको प्रवक्तामा कृष्णबहादुर महरा चयन हुनुभएको छ । उहाँलाई प्रवक्तासँगै प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको समेत जिम्मेवारी दिइएको छ । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहनुभएका नेता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको जिम्मेवारी दिइएको छ ।
यही भदौ ५ र ६ गते बसेको केन्द्रीय समिति बैठकबाट यस पार्टीले केन्द्रीय विभाग, प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, सम्पर्कजस्ता समिति गठन गरेर नेताहरूको जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।
बैठकको निर्णयअनुसार प्रदेश नं १ को इन्चार्जमा सुरेन्द्र कार्की (राम कार्की), प्रदेश नं २ को इन्चार्जमा गणेश शाह, वाग्मतीको इन्चार्जमा हितमान शाक्य, गण्डकीको इन्चार्जमा हितराज पाण्डे, लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल, कर्णालीको इन्चार्जमा शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा खगराज भट्टलाई तोकिएको छ ।
यसैगरी विशेष समितिको इन्चार्जमा लीलामणि पोखरेल, सम्पर्क समन्वय समितिको इन्चार्जमा डिलाराम आचार्यलाई तोकिएको छ भने पार्टी स्कुल विभागको इन्चार्ज अध्यक्ष पुष्पकमल दाहाल आफैँले राख्नुभएको छ ।
पार्टीको शक्तिशाली विभागका रूपमा रहेको सङ्गठन विभागको प्रमुखमा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ । यस्तै नेता देव गुरुङलाई सङ्घीय संसदीय विभाग प्रमुख, वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुख र केन्द्रीय कार्यालय इन्चार्जमा मातृका यादव, उपभोक्ता हित तथा आपूर्ति विभाग हरिबोल गजुरेल, कृषि तथा भूमिसुधार विभाग लीलामणि पोखरेल, जलस्रोत सिँचाइ तथा ऊर्जा विभाग प्रमुख र विदेश मामिला विभागमा सुरेन्द्र कार्कीलगायतले जिम्मेवारी पाउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।