भरतपुर अस्पतालमा एक वर्षमै सात जना मेडिकल सुपरिन्टेन्डेन्ट फेरिए

 भदौ १५, २०७८ मंगलबार १०:३८:३५ | रासस
unn.prixa.net

चितवन - भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) फेरिएका छन् । गएकाे वर्षको भदौदेखि अहिलेसम्म सात जना मेडिकल सुपरिन्टेन्डेन्ट फेरिएका हुन् ।

एक वर्षको अवधिमा प्राडा. कृष्ण पौडेलले सातौँ मेडिकल सुपरिन्टेन्डेन्ट हुने अवसर पाउनुभएको हो । अहिले अस्पतालमा कार्यरत डा.रोशन न्यौपानेलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिनुुभयो । अधिकारी अध्यक्ष भएयताको पौडेल सातौँ मेसु ​हुनुुभएको हो ।

२०७७ साल भदौ २८ गते डा. श्रीराम तिवारी सरुवालाई सरुवा गरेर डा.राजन पाण्डेलाई मेसु बनाइएको थियो । पाण्डे दुुई महिनापछि मङ्सिर ८ गते सरुवा भएसँगै डा. जगन्नाथ तिवारी मेसु हुनुभएको थियो । त्यसको तीन महिनापछि डा.वासुदेव पाण्डेलाई मेसु बनाइएको थियो । गएकाे वैशाख ४ गते पाण्डे निवृत्त भएपछि पुनः डा. जगन्नाथ तिवारीलाई मेसु बनाइएको थियो।

झण्डै दुुई महिनापछि जेठ १३ गते डा. रोशन न्यौपानेलाई मेसु बनाइएकोमा तीन महिनामा उहाँलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको हो । सरकारले आइतवार प्रा डा. पौडेललाई भरतपुर अस्पतालको मेसुमा नियुक्त गरेको हो ।

मेसु अस्थिर हुुँदा अस्पतालको गुणस्तर र सुविधा खस्किँदै गएको छ । अध्यक्ष अधिकारीले विकास समितिले गरेका निर्णय मेसु अस्थिर हुँदा कार्यान्वयन हुन नसकेको बताउनुभयो । यसपटक मेसु भइसकेका स्थानीय व्यक्तिले जिम्मेवारी पाएकाले लामो समय काम गर्ने अवसर प्राप्त हुने र विकास समितिले गरेका निर्णय कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको अधिकारीको भनाइ छ ।

यो सङ्घीय अस्पताल हो । छ सय शय्याको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीले सेवा लिँदै आएका छन् । पटक-पटक कार्यकारी प्रमुख परिवर्तन हुँदा अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ । हरेक विभागमा बिरामीले पाउनुपर्ने सेवा पाउन सकेका छैनन् ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया