सुत्केरीको मृत्यु भएपछि हरिवन नमुना अस्पताल तोडफोड

 भदौ १६, २०७५ शनिबार ९:३३:२६ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही  – हरिवन नमुना अस्पतालमा तोडफोड भएको छ । अस्पतालको लापरवाहीले गर्भवतिको ज्यान गएको भन्दै मृतकका आफन्त र स्थानीयबासिन्दाले अस्पतालमा तोडफोड गरेका छन् । हरिवन १० पटौनाकी २९ वर्षीय सावित्री कार्कीलाई सुत्केरी व्यथा लागेर शुक्रबार दिउँसो ४ बजे अस्पताल भर्ना गरिएको थियो । 

तर राति १० बजेसम्म पनि बच्चा जन्मिन नसकेपछि अस्पतालले  विरगञ्ज पठाएको थियो । विरगञ्ज लैजाने क्रममा कार्कीको बीचबाटोमा नै ज्यान गएपछि स्थानीयबासिन्दा आक्रोशित भएका हुन् ।

उनीहरुले कार्कीको शव नमुना अस्पतालको गेटमा राखेर प्रदर्शन गरिरहेका छन् । अस्पतालले कार्कीको उपचारमा लापरवाही गरेको स्थानीयबासिन्दाको आरोप छ ।स्थानीयले  नमुना अस्पतालकाे फार्मेसिमा पनि ताेडफाेड गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया