म पार्टी विभाजनकाे पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन : अष्टलक्ष्मी शाक्य

 भदौ १६, २०७८ बुधबार १९:०:१४ | रासस
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनकाे पक्षमा कहिल्यै नरहेकोे स्पष्ट गर्नुभएको छ ।

आज बुधवार नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलको बैठकमा उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिस्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताउनुभयो । ‘म पार्टी विभाजनकाे पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन’, मुख्यमन्त्री शाक्यले भन्नुभयो । 

आउँदा दिनमा संविधानअनुसार सरकार सञ्चालन गर्ने बताउँदै उहाँले पार्टी विभाजनले प्रदेश र देशकै लागि दुःखद् भएको बताउनुभयो । ‘मुख्यमन्त्रीले दल परिवर्तन गर्ने आफ्ना दलका प्रदेश सभा सदस्यसँग तथा अन्य दलसँग समेत वार्ता गरी आफ्नो सरकारलाई निरन्तरता दिने वातावरण बनाउँछु’, शाक्यले भन्नुभयो । 

पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पार्टीलाई एकताबद्ध गरेर जाने नीतिअनुसार आफूले मुख्यमन्त्रीबाट बिदा लिएको र पार्टी एकताकै लागि नेत्री शाक्यले मुख्यमन्त्रीको पद सम्हालेको बताउनुभयो ।

उहाँले एमाले एकजुट भएर शाक्य नेतृत्वको सरकारलाई निरन्तरता दिन अहम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा प्रदेश सभा सदस्यले सरकारले र पार्टीले आउँदाे दिनमा अवलम्बन गर्ने नीतिका बारेमा जिज्ञासा राखेका थिए ।   

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया