पूर्वसचिव रेग्मीको निधन

 भदौ १७, २०७८ बिहीबार १५:४:४४ | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाल सरकारका पूर्वसचिव श्रीकान्त रेग्मीको आज बिहीवार बिहान ७१ वर्षको उमेरमा निधन भएको छ । केही वर्षदेखि मिर्गौला र मधुमेह रोगबाट पीडित उहाँको आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

लामो समयसम्म गृहसचिव रहनुभएका उहाँ एक कुशल प्रशासकका रूपमा चिनिनुहुन्छ । उहाँका प्रशासन सुधारसम्बन्धी थुप्रै लेख, रचना तथा अन्तर्वार्ताहरू प्रकाशन, प्रसारण भएका छन् । 

उहाँकी श्रीमती र दुई छोरा हुनुहुन्छ । छोरा विदेशमा रहेकाले उहाँ स्वदेश फर्केपछि मात्रै अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।  

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया