नेपाललार्इ पहिलाे सफलता: मलेसिया १९ रनले पराजित

 भदौ १६, २०७५ शनिबार १५:३४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । १८९ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेलेसियाले ९ विकेटको नोक्सानीमा १६९ रन बनाएपछि नेपाल १९ रनले विजयी भएको हो । लगातार दुई खेलमा पराजित भएको नेपाल आज तेस्रो खेलमा पहिलो जित आत्मसाथ गर्न सफल भयो ।

नेपाललाई जिताउन बसन्त रेग्मीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई विकेट लिए । यसैगरी सागर पुन र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । 
मलेसियाका अनुवार अनुरिद्दिन र सायद अजिजले ३४–३४ रन बनाए । 

पानी परेपछि ३० ओभरमा छोट्याइएको खेलमा नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै  १८८ रन बनाएको थियो ।

खराब शुरुआत गरेको नेपाललाई मोहम्द आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले उकासेका थिए ।

शेखले नटआउट ६४ रन बनाउँदा दीपेन्द्रले महत्वपूर्ण ५४ रन जोडे । दुई जना खेलाडीले अर्धसतकको पारि खेलेपछि धरासायी बनेको नेपालको पारी उकासिएको थियो । ६० रनमा ५ विकेट गुमाएको नेपाललाई उकास्न दीपेन्द्र र आरिफले ८८ बलमा १०१ रनको सोझेदारि गरेका थिए ।

आज पनि नेपालको ओपनिङ अर्डर भने चल्न सकेन् । पहिलो विकेका रुपमा सुवास खकुरेललाई १८ रनको टिम स्कोरमा गुमाएको थियो । सुवास ९ रनमा आउट भएका थिए ।

दोस्रो विकेटका रुपमा नेपालले ज्ञानेन्द्र मल्ललाई गुमायो । ज्ञानेन्द्र नेपालको स्कोर ३८ रन हुँदा ११ रन बनाएर आउट भए ।
तेस्रो विकेटको रुपमा पारस खड्का १३ रनको ब्यक्तिगत स्कोरमा आउट भए । चौथो विकेट अनिल कुमार साह आउट भए भने त्यसलगत्तै सागर पुन पनि खातानै नखोली पेभेलियनको बाटो लागे ।

सागर पुन आउट हुँदा नेपालको स्कोर ६० रन थियो । त्यसपछि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर बनाएको हो । दीपेन्द्र ५४ रनमा आउट भए ।

छैटौं विकेटको रुपमा दीपन्द्र आउट भए पछि  मैदान आएका सोमपाल कामी पहिलो बलमै पेभेलियन फर्किए ।

त्यसपछि मैदान आएका बसन्त रेग्मी र क्रिजमा रहेका आरिफबीच १४ बलमा २७ रनको साझेदारी भएपछि नेपालले निर्धारित ओभरमा १८८ रन बनायो । सेजरुल इद्रुस र सार्दुल मुनिड्डेले तीन तीन विकेट लिए । नेपालले भोलि सिंगापुरसँग खेल्ने छ । 
 

 

अन्तिम अपडेट: कात्तिक २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया