सुदूरपश्चिम : थप तीन एमाले प्रदेश सभा सदस्य नेकपा एकीकृत समाजवादीमा प्रवेश

 भदौ २०, २०७८ आइतबार २०:२१:४४ | रासस
unn.prixa.net

तस्बिर रासस

काठमाण्डाै – सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेबाट निर्वाचित थप तीन प्रदेश सभा सदस्यले नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा आज सनाखत गराएका छन् । 

एमालेबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारीमा रहनुभएका दीर्घबहादुर सोडारी, पूर्वराज्यमन्त्री प्रकाश रावल र एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक तारा लामा तामाङले प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराउनुभएको हो ।

सोडारी र तामाङ क्रमशः नेकपा एमाले कैलाली र कञ्चनपुरको अध्यक्ष हुनुहुन्थ्यो । योसँगै नेकपा एकीकृत समाजवादीमा सनाखत गराउने एमाले प्रदेश सभा सदस्य १३ जना पुगेका छन् । प्रदेश सभामा अब नेकपा एमाले १२ जनामा सीमित भएको छ । प्रदेश सभामा सभामुखसहित २५ जना सदस्यसहित एमाले सबैभन्दा ठूलो दल थियो । 

प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) का १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई जना सदस्य छन् । प्रदेश सभामा विभिन्न दलका गरी जम्मा ५२ जना सदस्य छन् ।

यसअघि नेकपा (एमाले)का प्रदेश सभा सदस्य एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, राज्य मन्त्रीद्वय चुनकुमारी चौधरी र मनाकुमारी साउद, एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्ट, सुशीला बुढाथोकी, अमरबहादुर साउद, कुलवीर चौधरी र बलबहादुर सोडारीले पनि नयाँ पार्टीमा सनाखत गराउनुभएको थियो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री जोशी र पूर्वमन्त्री माया भट्ट नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया