रियल मड्रिडको अपराजित यात्रा कायमै, लेगानेसलाई ४–१ ले हरायो

 भदौ १७, २०७५ आइतबार ६:३४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा रियल मड्रिडले अपराजित यात्रालाई कायमै राखेको छ । शनिबार राति भएको खेलमा पुछारबाट दोस्रो स्थानमा रहेको लेगानेसलाई चार–एकले हराउँदै रियलले जितको यात्रालाई कायमै राख्यो ।

घरेलु मैदानमा भएको खेलमा रियलको जितमा ग्यारेथ बेल एक र करिम बेन्जिमाले दुई गोल गरे । 

खेलको १७ औं मिनेटमा ग्यारेथ बेलको गोलमार्फत रियलले अग्रता बनायो । तर २४ औं मिनेटमा लेगानेसले पाएको पेनाल्टीलाई कारीलोले गोल गर्दै खेल एक–एकको अवस्थामा पुर्याए । 

पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियाललाई पुनः अग्रता दिलाए । त्यसपछि ६१ औं मिनेटमा पुनः बेन्जिमाले नै व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । त्यसको ५ मिनेट पछि रियलले पेनाल्टी पायो । जसलाई सर्जियो रामोसले गोलमा परिणत गरे ।

जितपछि रियालले ३ खेलबाट स्पष्ट जितका साथ नौ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको सेल्टा डी भिगोको सात अंक छ भने बार्सिलोनाको दुई खेलबाट ६ अंक छ । 

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया