गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउनुपर्छ : लेखराज भट्ट

 भदौ ३०, २०७८ बुधबार २०:२५:५१ | रासस
unn.prixa.net

फाइल फाेटाे

कैलाली – नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ । धनगढीमा आज बुधवार आयोजित छलफल कार्यक्रममा उहाँले गेटा मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार तयार भइसकेकाले छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो । 

उहाँले गेटा मेडिकल कलेज सञ्चालन भएसँगै सुदूरपश्चिमको विकासमा टेवा पुग्ने भन्दै कलेज सञ्चालनका लागि सबैले आ–आफ्नो ठाउँबाट दबाब दिनुपर्ने बताउनुभयो । 

उहाँले चिकित्सकले विश्वविद्यालयका रूपमा अघि बढाउनुपर्ने सुझाव दिँदै आएकाले यसमा सबैको राय लिन उचित हुने बताउनुभयो । सरोकारवालाबाट आएको सुझावका आधारमा राजनीतिक दलसँग छलफल गरी अघि बढ्ने उहाँको भनाइ थियो । 

छलफल कार्यक्रममा सहभागी चिकित्सकले मेडिकल कलेजलाई प्रतिष्ठान बनाएर अघि बढाउन सुझाव दिनुभएको थियो भने प्राध्यापकहरूले विश्वविद्यालयका रूपमा अघि बढाउन सुझाव दिनुभएको थियो । नेता भट्टले कञ्चनपुरको दोधारा चाँदनी नाका भारतसँग व्यापार गर्नका लागि देशकै सबैभन्दा महत्त्वपूर्ण नाका बन्ने जिकिर गर्नुभयो ।  

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया