विकासका लागि एमाले नै चाहिन्छ : अध्यक्ष ओली

 भदौ ३०, २०७८ बुधबार २०:६:३२ | रासस
unn.prixa.net

रुपन्देही – नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले सरकारमा हुँदा विकास निर्माणका गतिविधि तीव्र गतिमा अगाडि बढेको दाबी गर्नुभएको छ । 

नेकपा एमाले रुपन्देहीले आज बुधवार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले विकासका कामहरू अगाडि बढाउन एमाले पार्टी नै चाहिने दाबी गर्नुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘देश बनाउन एमाले चाहिन्छ भन्ने कुरा सिद्धबाबाको सुरुङ मार्ग, भैरहवा एअरपोर्ट र लुम्बिनीलगायत विकासका पूर्वाधार हेरे पुग्छ ।’ 

उहाँले एमालेलाई बलियो बनाउन कार्यकर्ताको योगदान रहेको भन्दै उहाँले अझै सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले एमाले अहिले प्रतिपक्षमा भएकाले चुनावसम्म धैर्य गरेर पार्टीका काममा खट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया