जापानको कार उत्पादक कम्पनी निसानले नौ हजार रोजगारी कटौती गर्ने
कात्तिक २३, २०८१ शुक्रबार
एसिया कप छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले सिंगापुरलाई चार विकेटले हरायो ।
सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले २८.१ ओभरमा पूरा गरेको हो । नेपालको जितमा अनिलकुमार साहले ४३ रन जोडेका थिए । ओपनिङ आएका अनिलले ३२ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरेका थिए ।
यसैगरी दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाउँदा ३ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्र मल्लले २९ रन जोड्दा सुवास खकुरेल र सागर पुनले १४–१४ रन जोड्दा पारस खड्काले ११ रन जोडे । मोहम्द आरिफ शेख ४ तथा सोमपाल कामी ० रनमा नटआउट रहे । सेलाडोर विजयकुमार र अनन्त कृष्णले दुई–दुई विकेट लिएका थिए ।
टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुर ४२ ओभरमा एक सय ५१ रनमा अलआउट भएको थियो । सिंगापुरका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । सुरुवात राम्रो गर्न नसकेको सिंगापुर विरुद्ध नेपाली बलर हावी भए । पहिलो ओभरमा नै सोमपाल कामीले विकेट लिदा सिंगापुरले खाता खोलेको थिएन ।
त्यसपछि उसले १८ रन बनाउदा तीन विकेट गुमाएको थियो । सिंगापुरका सुरुवाती तीन खेलाडीले दोहोरो अंक छुन सकेनन् । चौथो विकेटका लागि चेतन रामचन्द्र र अनिश इडवार्डले ८० रनको साझेजारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए ।
तर उनको जोडीलाई दिपेन्द्र ऐरीले तोडे । अनिशलाई दिपेन्द्रले ३१ रनमा रनआउट गरेपछि सिंगापुर ९८ रनमा चार विकेट गुमायो । तर सिंगापुरको विकेट झर्ने क्रम यतिमा रोकिएन ।एक सय १८ रन बनाउदा सिंगापुरका ६ जना खेलाडी पेभेलियन फर्किएका थिए । जब उसका कप्तान चेतन ६० रनमा आउट भए त्यसपछि सिंगापुरको पारी पुरै खस्कियो ।
नेपाली बलरसँग संघर्ष गरेर खेलेका उनले टिमका लागि कप्तानी पारी खेले । बलिङतर्फ ललित राजवंशी र सन्दीप लामिछाने तीन तीन तथा सोमपाल कामीले दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।