सकियो एसियाली खेलकुद, १३२ स्वर्णसहित चीन पहिलो, कसले कति पदक जिते ?

 भदौ १७, २०७५ आइतबार १८:८:२३ | उज्यालो सहकर्मी

१५ दिन लामो एसियाली खेलकुदको महामेला एसियाली खेलकुदको १८औं संस्करण इण्डोनेसियाको जाकार्ता र पालेङवाङमा आजदेखि सकिएको छ ।
 
गएको भदौ २ गतेदेखि सुरु भएको प्रतियोगिताले एसियाली क्षेत्र खेलकुदमय बन्यो । एसियाका सबै ४५ मुलुकबाट गरी ४९ खेलमा करिब १० हजारको संख्यामा खेलाडीहरु इण्डोनेसियामा भेला भए । नेपालबाट पनि २९ खेलमा १८७  खेलाडी इण्डोनेसिया पुगे ।
 
सहभागी ४५ मुलुकमध्ये ३७ मुलुकले पदक जित्न सके भने आठ मुलुक रित्तो हात फर्कनुपर्यो । प्याराग्लाइडिङले रजत जितेपछि नेपाल पनि पदकविहीन हुनबाट जोगियो ।
 
एसियाली खेलकुदमा चीनले सबैधन्दा धेरै पदक जित्न सफल भयो । जुन अपेक्षाकृत नै थियो । किनभने चीन पछिल्लो ११ संस्करणदेखि पदकतालिकामा शीर्ष स्थानमा रहँदै आएको छ । सन् १९८२ मा भारतको नयाँ दिल्लीमा भएको एसियाली खेलकुददेखि चीन एसियाली खेलकुदमा दोस्रो हुनुपरेको छैन ।
 
चीनले इण्डोनेसियामा १३२ स्वर्ण, ९२ रजत र ६५ कास्य गरी २८९ पदक जित्न सफल भयो । दोस्रो भएको जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ कास्य गरी २०५ पदक जित्यो । 
दक्षिण कोरिया र इण्डोनेसिया क्रमसः तेस्रो र चौथो भए । कोरियाले ४९ स्वर्ण, ५८ रजत र ७० कास्य गरी १७७ पदक जित्दा आयोजक इण्डोनेसियाले ३१ स्वर्ण, २४ रजत र ४३ कास्य गरी ९८ पदक जित्यो ।
 
२१ स्वर्ण, २४ रजत र २५ कास्य जितेको उज्वेकिस्तान पाँचौं हुँदा २० स्वर्ण २० रजत र २२ कास्य जितेर इरान छैटौं भयो । त्यस्तै १७ स्वर्ण, १९ रजत र ३१ कास्य जितेको चाइनिज ताइपेइ सातौं स्थानमा आयो । 

छिमेकी मुलुक भारत एसियाली खेलकुदमा आठौं भयो । उसले १५ स्वर्ण, २४ रजत र ३० कास्य जित्न सफल भयो । समान १५ स्वर्ण जितेको काजाख्स्तान नवौं हुँदा १२ स्वर्ण जितेको उत्तर कोरिया दशौं भयो ।
 
१२ स्वर्ण जितेको बहराइन एघारौं, ११ स्वर्ण जितेर थाइल्याण्ड बाह्रौं भए । त्यस्तै हङकङ, मलेसिया,  कतार र मंगोलियाले क्रमसः ८, ७, ६ र ५ स्वर्ण जिते ।
 
भियतनाम सिंगापुर र फिलिपिन्सले समान चार चार स्वर्ण जिते भने युएई र कुवेतले समान ३–३ स्वर्ण जित्न सफल भए । कीर्गिस्तान, जोर्डन र कम्बोडियाले दुई–दुई स्वर्ण जिते । पाँच मुलुकले एक एक स्वर्ण जिते । साउदी अरव, मकाउ, कोरिया र लेबनानको नाममा एक–एक स्वर्ण रह्यो ।
 
एक रजत जित्न सफल नेपाल समग्र पदकतालिकाको ३३औं स्थानमा छ । नेपालसँगै ताजिकिस्तान, लाओस र तुर्कमिनिस्तानले पनि स्वर्ण जित्न सकेनन् । उनीहरु रजतमै सीमित भएका हुन् ।
 
एसियाली खेलकुदमा सहभागिता भएकामध्ये चार मुलुकले कास्य पदकमात्र जित्न सके । जसमा पाकिस्तान, अफगानिस्तान, म्यानमार र सिरिया छन् । 
 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया