सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै - विश्व पर्यटन दिवसका अवसरमा विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुख पोखरा आएका छन् । उनीहरुलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई लगायतले स्वागत गर्नुभयो थियो ।
कतार, यूएई, फिनल्याण्ड, उत्तर कोरिया, साउदी अरेबिया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत देशका राजदूत पोखरा आउनुभएको हो । त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिवसहित अन्य कुटनीतिक नियोगका प्रमुखसमेत पोखरा आउनुभएको छ ।
राजदूतसहितका विशिष्ट कुटनीतिज्ञको पोखरा भ्रमणले थलिएको पर्यटन व्यवसायमाथि उठाउन सकारात्मक सन्देश दिने विश्वास लिइएको सचिव पौडेलले बताउनुभयो । विदेशी राजदूतसहित विशिष्ट कुटनीतिज्ञको पोखरा भ्रमणको कार्यक्रमले पर्यटन सम्बद्ध क्षेत्रका व्यवसायीमा उत्साह थपेको परिषद्का अध्यक्ष भट्टराईले बताउनुभयो ।
यो भ्रमणसँगै पोखरा पर्यटकका लागि खुला छ भन्ने सन्देश विश्वव्यापी जाने बताउँदै उहाँले स्वास्थ्यका मापदण्ड पालनाका साथ पोखरा पर्यटकका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न खोजिएको धारणा राख्नुभयो ।
कुटनीतिज्ञले आज पोखरा र आसपासका विभिन्न सांस्कृतिक तथा प्राकृतिक सम्पदाको भ्रमणका साथै छोटो दूरीको हाइकिङमा सहभागी हुने कार्यक्रम छ । आजै पोखराको लेकसाइडमा राखिएको सडक महोत्सवमा पनि सहभागी हुने कार्यक्रम छ ।
विशिष्ट कुटनीतिज्ञको पोखरा आगमनले विश्व पर्यटन बजारमा पोखराको सकारात्मक सन्देश प्रवाह गर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताउनुभयो।
'यति धेरै सङ्ख्यामा राजदूतसहितका कुटनीतिज्ञ पोखराको औपचारिक भ्रमणमा आएको सम्भवतः यो पहिलो पटक हो' उहाँले भन्नुभयो, 'कोरोना प्रभावित पर्यटनलाई लयमा फर्काउनका लागि पनि यस भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने छ ।' भ्रमणले पोखरा एक पटक घुम्नैपर्ने गन्तव्य हो र पर्यटकलाई आतिथ्यता प्रदान गर्न यहाँका व्यवसायी तयार छन् भन्ने सन्देश पनि यस भ्रमणले दिने उहाँले बताउनुभयो ।
राजदूतसहितको टोलीको सम्मानमा हिजो बेलुका गण्डकी प्रदेश सरकारतर्फबाट रात्रिभोज आयोजना गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।