नेता पुनलाई उपचारका लागि बैंकक लगिँदै

 असोज १२, २०७८ मंगलबार १४:१५:४ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – लामो समयदेखि कमलपित्त रोगबाट पीडित नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनलाई थप उपचारका लागि भाेलि बुधवार थाइल्यान्ड लगिने भएको छ । 

पछिल्ला केही दिनदेखि उहाँको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बैंकक लैजान लागिएको हो । नेता पुनलाई कमलपित्तको मात्रा बढेको, वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि ललितपुरमा रहेकाे सुमेरु अस्पतालमा उपचार गरिएको थियो । कमलपित्तको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिनुभएको थियो । 

नेता पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष प्रचण्डलगायतका नेताहरूको सल्लाहपछि थप उपचारका लागि उहाँलाई थाइल्यान्डकाे बु्रमुङगार्ड अस्पताल लैजाने तयारी गरिएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशानुगत रूपमा सङ्क्रमण भएको कमलपित्तले दुःख दिने गरेको छ । पूर्व अर्थ तथा ऊर्जा मन्त्रीसमेत रहनुभएका नेता पुनले भाेलि बिहानै श्रीमती तथा पूर्वसभामुख ओनसरी घर्तीका साथ बैंकक जाने तयारी गर्नुभएको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया