सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
दार्चुला – खलङ्गामा रहेकाे महेन्द्र नमुना माध्यमिक विद्यालय विद्यार्थीको पहिलो रोजाइमा पर्न थालेकाे छ । जिल्ला सदरमुकाममा रहेकाे याे विद्यालयमा आफ्ना छोराछोरीलाई भर्ना गराउन अभिभावकलाई हम्मेहम्मे पर्न थालेको छ । अब्बल शैक्षिक गुणस्तर कायम राख्न सकेकै कारण विद्यालयमा विद्यार्थी आकर्षित भएका जनाइएको छ ।
जिल्लाका अन्य पालिकाबाट विद्यालयमा पढ्न आउने विद्यार्थी घट्नाको साटो झन् बढेको बढ्यै छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले समेत याे विद्यालयलाई छनोट गरेको छ ।
सदरमुकाम खलङ्गामै दर्जनाैँ संस्थागत तथा सामुदायिक विद्यालय भए पनि नमुना माविमा भर्ना गर्न सके अभिभावक पनि खुसी हुन्छन् । सामुदायिक विद्यालय भए पनि विद्यालयले शिशु कक्षादेखि कक्षा १० सम्म अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गरेको छ ।
विद्यालयले २०७४ सालदेखि अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेको हो । संस्थागत विद्यालयकै जस्तै विद्यार्थी आकर्षण गर्ने टाई सहितको पोसाक र शैक्षिक विकास गर्ने अन्य गतिविधि यो विद्यालयले गर्ने गर्छ । अङ्ग्रेजी माध्यमबाटै पढाइ सुरु गरेपछि विद्यार्थीको भिड नै लागेको छ ।
चालु शैक्षिक सत्रमा विद्यालयमा आधारभूत तहमा २५८, कक्षा ६ देखि कक्षा ८ सम्म ६१७, कक्षा ९ देखि कक्षा १० सम्म ५९३ र कक्षा ११ र १२ मा ७८१ भर्ना भएका छन् । यसैगरी विद्यालयले २०७५ देखि सुरु गरेको डिप्लोमा इन सिभिल इन्जिनियरिङतर्फ १०४ गरी दुई हजार ४४७ विद्यार्थी भर्ना भइसकेका विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बताउनुभयो ।
अझै पोस्ट डिप्लोमा अन्तर्गत भर्ना प्रक्रिया चलिरहेको छ । विद्यार्थीको चाप बढ्दै गएको छ । उहाँले भन्नुभयो, ‘सरकारी दरबन्दी विद्यालयमा न्यून छ । हामीसँग १८ शिक्षक र सात कर्मचारी मात्रै सरकारी दरबन्दीका छन् । विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएपछि हरेक कक्षामा सेक्शन बनाएर चलाउनुपरेको छ । ६८ शिक्षक कार्यरत छन् । विद्यालयका अनुसार कक्षा ११ र १२ मा सात/सात सेक्शनमा पढाइ सुरु गरिएको छ ।’
कक्षा १० मा पाँच, कक्षा ९ मा ६, कक्षा ८ मा चार, कक्ष ७ मा चार र कक्षा ६ मा तीन सेक्शन छन् । प्रअ जोशीले भन्नुभयो, ‘हाम्रो शिक्षक अनुपातले धान्ने जनशक्तिले ५०० भन्दा बढी विद्यार्थी धान्न सकिने अवस्था छैन ।’
विद्यालयमा विज्ञान, वाणिज्य र शिक्षा सङ्कायमा पढाइ भइरहेको छ । सरकारले २०६२ सालमा विद्यालयलाई नमुना विद्यालय घोषणा गरेको थियो । जिल्लाकै उत्कृष्ट शिक्षण सिकाइ भएको तथा भौतिक पूर्वाधार व्यवस्थापन, शैक्षिक व्यवस्थापनमा विद्यालय अब्बल बन्दै आएको छ । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्त महेन्द्र नमुना मावि जिल्लाकाभरिका अभिभावकको भरोसा बनेको जनाउँदै गुणस्तर निरन्तरता राख्नुपर्ने सुझाव दिनुहुन्छ ।
‘याे विद्यालयमा नाै वटै पालिकाका विद्यार्थी पढ्छन्’, उहाँले भन्नुभयो, ‘अहिले विद्यालयको उचाइ जुन गतिमा पुगेको छ, त्यो निरन्तरता राख्न सक्नुपर्छ ।’ विद्यालयका प्रअ जोशीले विद्यालयले शैक्षिक गुणस्तर कायम राख्न निरन्तर अभिभावकसँग सुझाव, सल्लाहदेखि अध्यापनको शैलीमा विशेष ध्यान दिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘शिक्षकलाई पनि अपडेट राख्न सबैलाई ल्यापटप दिने तयारी गरेका छौँ । अभिभावकलगायत सबै क्षेत्रको सहयोग पाएकै कारण विद्यालयले क्षमताभन्दा बढी विद्यार्थीको व्यवस्थापन गर्न सकेकाे छ ।’ उहाँले भन्नुभयो, ‘विद्यालय राम्राे बनाउनुपर्छ भनेर अभिभावक र जनप्रतिनिधिको पनि साथ छ ।’
विद्यालयले चालु आर्थिक वर्षदेखि भारतीय राजदूतावासकाे सहयोगमा विद्यालय बस सञ्चालनमा ल्याएको प्रअ जोशीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Prashant thagunna
Oct. 6, 2021, 11:06 a.m.अरुसबै त ठीक छ , अंग्रेजी माध्यमका बिद्द्यालयमा गुणस्तरीय पढाई भैरहेको छैन , पैसा मात्र बढी लिन्छन , शिक्षकहरु पनि विद्द्यार्थीलाई खासै राम्रो व्यवहार गर्दैनन् , र बिद्द्यार्थीलाई बुझ्ने माहोल पनि छैन / त्यसैले म सबै शिक्षकसंग बिद्यार्थीको भावना बुझेर पढाई गर्न अनुरोध छ, बिशेष गरि अंग्रेजी माध्यमका बिद्द्यालयमा/